Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

गिनिज बुक अफ वल्र्डस् रिकर्डमा नाम दर्ता भएपछि नेपालका सौगात विष्ट विश्वकै कान्छो फिल्म निर्देशक बन्नु भएको छ । कक्षा २ मा अध्ययन गर्दा गर्दा फिल्म ‘लभ यु बाबा’ निर्देशन गर्नुभएका सौगात त्यसबेला ८ वर्ष भन्दा कम उमेरको हुनुहुन्थ्यो । उहाँको बुबा गजित विष्ट, दिदी संगम विष्टको फिल्म लभ यु बाबामा महत्वपूर्ण भूमिका छ । सोही लभ यु बाबा जापानको शिनोकुबो फिल्म फेस्टिवलमा छानिएको छ । ९ वर्षमा भर्खरै टेक्नुभएका सौगातको प्रश्नको जवाफ दिने क्षमता हेर्दा उहाँ सानो बालक जस्तो लाग्दैन । उहाँले हरेक प्रश्नको परिपक्व र सटिक जवाफ दिनुभएको छ । जापानमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुसँगै फिल्म हेर्न जापान आउन लाग्नु भएका कान्छा निर्देशक सौगातसँग समुद्रपारिले कुराकानी गरेको छ । प्रस्ततु छ सोही कुराकानीको मुख्य अंशहरु –

तपाईले निर्देशन गर्नुभएको फिल्म पनि फेस्टिवलमा छानिएको छ, कस्तो लागेको छ ?
– मलाई असाध्यै खुसी लागेको छ । धेरै वटा मुलुक, भाषाका फिल्मसंँगै मैले निर्देशन गरेको फिल्म पनि फेस्टिवलमा छानिएको छ । यसबाट म उत्साहित भएको छु । मैले गरेको मेहनतको खबर जापानसम्म पुगेको थाह पाउँदा खुसी लागेको छ ।

लभ यु बाबामा तपाईको बुबा, दिदीले पनि अभिनय गर्नुभएको छ, आफुभन्दा ठूला कलाकारलाई निर्देशन गर्दा अफ्ठ्यारो भएन ?
–मलाई त भएन । किनभने उहाँहरु मेरै परिवारको हो । उहाँहरुसँग काम गर्न सजिलो भयो । तर सुरु सुरुको दिनमा अरु कलाकारहरु समयमा आउनु हुन्न थियो । जानेबेलामा पनि सोध्नु भएन । अनि मैले सबैलाई बोलाएर भने कि म निर्देशक हो, प्याक अप नभनेसम्म तपाईहरु कतै नजानुहोला । त्यसपछि अरु पनि प्याक अप नभनेसम्म जानु भएन । सजिलो भयो ।

11787243_835585159870603_424099155_n

फुच्चे निर्देशक देखेर कलाकारहरुले तपाईलाई नटर्ने समस्या त्यति मात्रै हो ?
मैले सबै कलाकार र प्राविधिकहरुलाई सुरु मै भने, म तपाईहरुको निर्देशक हो । सुटिङ सकिए पछि मात्रै बच्चा हो । यो कुरा ख्याल राख्नुहोला । अनि अर्को कुरा मलाई मेरो बाबा र नवल नेपाल अंकलले पनि भन्नु भएको थियो डारेक्टर नै सबैभन्दा ठूलो हो । त्यही भएर त्यहा “ मैले आफ्नो नियम लगाएँ ।

तपाइ विश्वकै कान्छो निर्देशक, तर तपाईले निर्देशन गरेको फिल्मले राम्रो व्यापार चाहिँ गरेन हैन ?
–मलाई यहि त आश्चर्य लागेको छ । मलाई गिनिज बुक अफ वल्र्ड रिकर्डले पत्यायो । जापानको फिल्म फेस्टिवलमा पनि अहिले निमन्त्रणा आएको छ । तर नेपालकै दर्शकहरुले चाहि“ मेरो कामलाई शायद विश्वास गर्नुभएन । फिल्म हेर्नेहरुले धेरै राम्रो भन्नुभयो । नहेर्नेहरुले ‘क्रिटिसाइज’ गर्नुभयो । नवल नेपाल निर्देशक अंकलले त ‘तिमीले मलाई पनि जित्यौ’ भन्नुभएको थियो ।

11801895_835585183203934_1988388883_n

अब जापानमा बस्नु हुने नेपाली दर्शकसँगै फिल्म हेर्ने हो ?
हो । अब जापानमा बस्नु भएका अंकल आन्टी, दाजु दिदीहरुलाई म के भन्छु भने आउनुहोला मेरो फिल्म हेर्न । दुईवटा मात्रै सो छ । संगै बसेर फिल्म हेरौला । अनि मलाई सोध्नुहोला कसरी निर्देशन गर्नुभयो भनेर । त्यसपछि मैले उहाँहरुलाई चित्त बुझ्दो जवाफ दिनेछु । धेरैले बच्चाले निर्देशन नै गरेको हैन भनेर मेरो कामलाई विश्वास गर्नुभएन । एक पल्टसँगै बसेर फिल्म हेरौं अनि कुरा गरौं ।

अरुले विश्वास गरे पनि नगरे पनि गिनिज बुले गर्यो हैन ?
हजुर । मेरो बाबाले डेढ केजीको डकुमेन्ट गिनिज बुकलाई पठाउनु भएको थियो । ती सबै डकुमेन्ट हेरेर उनीहरुले विश्वास गरे । अनि मेरो नाम लेखियो । उनीहरुले त्यसै त मेरो नाम गिनिज बुकमा लेखिदिएनन् होला ।

तपाईको आमाले पनि सानो रोल गर्नुभएको रहेछ, फिल्ममा उहाँ चाहिँ कस्तो कलाकार हुनुहुँदो रहेछ ?
मेरो ममीले बढीमा ४ टेक खानु भो । बाबा र दिदीले २५ टेकसम्म खानुभयाे । तर मैले जति टेक खाए पनि हुन्छ तर बिग्रेको सट फिल्ममा राख्दिन भनेर टेक खुवाएकै हो । खासमा यो फिल्मको केन्द्रीय रोलमा बाबा र दिदी नै हो । ‘कमेडी’ र ‘ट्रयाजेडी’ छ फिल्ममा ।

अहिले कतिमा पढ्नु हुन्छ, पढाई चाहिँ कस्तो छ ?
अहिले कक्षा तीनमा पुगेँ । डाइरेक्सन गर्दा २ मा थिएँ । पढाई ठीकै छ । कहिले सेकेण्ड कहिले थर्ड हुन्छु ।

तपाईको प्रतिक्रिया