Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

नवलपरासी – नवलपरासीका भूकम्प पीडितका लागि आफु खुशी विभिन्न सङ्घसंस्थाका नामबाट चन्दा असुली सुरु भएपछि प्रशासनले त्यसमा कडाइ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रशासनको पूर्व अनुमतिबिना जथाभावी राहत उठाउनेलाई कारबाही गर्ने बताए ।

अनुमतिबिना अपारदर्शी ढङ्गले राहत सङ्कलन गर्दा वास्तविक पीडितको घरमा नपुग्ने भएकाले जवाफदेहिता र पारदर्शिता अपनाउन एकद्वार प्रणाली लागू गरिएको उनले बताए ।

दर्जनौँ सङ्घसंस्थाले भूकम्पपीडितका लागि भन्दै टोलैपिच्चे राहत उठाउन थालेपछि प्रशासनले स्थानीय एफएममा सूचना प्रसारण गरेर कडाइ गरेको जनाउ दिएको हो । रासस***

तपाईको प्रतिक्रिया