Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – पृथ्वीराजमार्ग बस सञ्चालक समितिले पृथ्वीराजमार्ग अन्तर्गत चल्ने माइक्रो, डिलक्स, मिनी तथा ठूला बसहरुमा पोखरासम्म जाने यात्रुका लागि निःशुल्क यात्राको व्यवस्था गरेको छ ।

शनिबार गएको महाभूकम्पका कारण राजधानीमा अलपत्र परेका कास्की तथा आसपासका पीडितलाई मध्यनजर गर्दै समितिले काठमाडौंदेखि पोखरासम्म निःशुल्क बसको व्यवस्था गरेको हो ।

समितिका अध्यक्ष ऐनकुमार शाहीका अनुसार समितिले भूकम्प पीडितलाई पोखरासम्म ल्याउनका ७० वटा यातायातका साधनहरु निःशुल्क सञ्चालनमा ल्याएको छ । राजधानीको कलंकी तथा गोंगबु बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको यस निःशुल्क सेवालाई सहज तरिकाले प्रयोग गर्न पनि समितिले आग्रह गरेको छ ।

‘सर्वसाधरणकै हितका लागि निःशुल्क बसको सेवा सुचारु गरेका छौं, त्यसैले आवश्यकताभन्दा बढी र ओभरलोड नगराइदिन यात्रुहरुसँग अनुरोध समेत गरेको छौं’, उनले भने ।***

तपाईको प्रतिक्रिया