Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – विनकासकारी महाभुकम्पपछि उद्धार र राहातमा विश्वले चासो देखाएको भए पनि सरकारको कमजोर ब्यवस्थापनले चुकेको छ । सरकारले ब्यापक तयारी गरेर काम गरेको भनिरहेको भएपनि मित्र मुलुकहरुले दिएको राहत दुई दिनदेखि विमानस्थलमा थन्किएको छ ।

राहात सामाग्रि लिएर आएकाहरु पनि सिधै कार्यस्थलमा जानेगरि ब्यव्स्थापन सरकारले गर्न नसकेको अवस्था त्रिभुवन विमानस्थल पुग्ने जो कोहीले पनि देख्न सक्दछन् । तयारी सहित आएको भए पनि उनीहरु विमानस्थलामा नेपाली सुरक्षाकर्मीहरुलाई कुरेर बस्न पर्ने भएको छ ।

सूचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ता मिनेन्द्र रिजालले सरकारबाट केही कमी कमजोरी रहेको स्विकार गर्दै आज सुधार हुने कान्तिपुरलाई बताए ।

कहिल्यै नब्यहोरेको आपत आइपरेकोले केही अलमल पक्कै भएको होला तत्काल सुधार हुदै जानेछ । सबैले राहात पाउनेछन्, उनले भने, ‘हामी काम गरिरहेका छौ । समन्वयको लागि पनि पहल भइरहको छ । सबै मित्रहरुले सहयोग गरिरहेका छन् । आउनेक्रम जारी छ । यसको ब्यवस्थापन हुन्छ ।’

अहिलेसम्म भारत, चीन, अमेरिका, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, जापान, डेनमार्क, लगायत दर्जन भन्दा बढि मुलुकबाट त्यस्तो राहत आइसकेको छ । तर त्यो पुर्‍याउने ब्यवस्था हुन सकेको छैन । सरकारले यतिबेला सबै निजामती कर्मचारी, राजनीतिक दलका स्वंयसेवकलाई समेत उपयोग गर्न सक्नुपर्ने एक अधिकारीले बताए ।

कतिपय मुलुकका आफ्ना नागरिकको समेत मृत्यु भएको र हराईरहेको अवस्थामा उनीहरुको चासो थप बृध्दी हुदै गएको छ ।तर पनि सरकार भने यसमा सक्षम हुन सकेको छैन, विमानस्थलमा भेटिएका एक विदेशीले गुनासो गरे ।

अन्य मुलुकको राहत सामाग्री पनि आउदै छन ।इजरायलबाट मंगलबार नै एक बोइङ राहत लिएर उसको आफ्नै सरकारी विमान काठमाडौं उत्रदै छ । त्यस्तै चीनको दोस्रो राहात बोकेको विमान विहान उत्रेको हो । अमेरिकाबाट पनि सोमबार मध्यान्नमा जहाज आइपुगेको हो । सोमबार सम्म जापानी, भारतीय, चीन, नेदरल्याण्ड , टर्की, पाकिस्तान, बंगलादेश, भुटान लगायतबाट आआफ्नो राहात आइसकेको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राहात आउनेक्रम जारी रहेको बताएका छन् । उनले काठमाडौं स्थित कूटनीतिक नियोगका अधिकारीलाई परराष्टमन्त्रालयको प्रांगणमा नै पछिल्लो अवस्थाबारे सोमबार नै जानकारी दिएका थिए । मन्त्रालय रहेको भवन समेत ध्वस्त भएकोले कूटनीतिक नियोगका अधिकारीलाई मन्त्रालयको भवन बाहिर त्यस्तो व्रिफिङ गरेको पररापष्ट अधिकारीले जानकारी दिए ।

अर्वौ राहत आइपुग्दा पनि जनतासम्म टेन्ड, त्रिपाल समेत पुग्न सकेको छैन । सरकारले निजामती कर्मचारीलाई अन्यवश्यक काम बाहेको क्षेत्रबाट यसमा खटाउन पर्नेमा त्यसमा चुकेको हो ।

तपाईको प्रतिक्रिया