Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – गोरखालाई केन्द्रविन्दु बनाई शनिबार गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पलाई ‘गोरखा भूकम्प’ नामकरण गरिने भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शक्तिशाली भूकम्पलाई सम्बन्धित भूकम्प केन्द्रविन्दुको नामबाट चिनिने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ ।

यसअधि १९९० सालमा गएको ८.४ रेक्टर स्केलको अहिलेसम्मकै ठूलो भूकम्प नेपालको राजधानी काठमाडौं उपत्यका र भारतको विहारलाई केन्द्रविन्दु बनाएर गएकाले त्यसलाई’ नेपाल–विहार भूकम्प’ नामले चिनिने गरेको मापन केन्द्रका प्रमुख अधिकारीले बताए ।

त्यस्तै पूर्वाञ्चलको उदयपुरलाई केन्द्रविन्दु बनाई २०४५ सालमा गएको ६.७ रेक्टर स्केलको भूकम्पलाई पनि ‘उदयपुर भूकम्प’ नामले चिनिन्छ ।

विश्वमा गएका शक्तिशाली भूकम्पको नाम त्यसैगरी नै भूकम्पको केन्द्रविन्दु स्थलको नामबाट नामकरण गरिएका छन् । रासस ***

तपाईको प्रतिक्रिया