आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाण्डाै- नेपालमा आएको विनासकारी भुकम्पमा सहयोग सामग्रीसहित भुटानका प्रधानमन्त्री छिरिंङ टोब्गे आँफैं काठमाडौं अाइपुग्नु भएको छ । नेपालमा सहयोगका लागि आफैं काठमाडौँ आउनुहुने उहाँ पहिलो सरकार प्रमुख हुनुहुन्छ ।
उहाँले प्रधानमन्त्री सुशील कोरालाइलाई मंगलबार भेटी भुटानका तर्फबाट ल्याउनुभएको सहयोग सामग्री प्रदान गर्नुका साथै नेपालको भुकम्पबाट मृत्युहुनेहरु प्रति समबेदना प्रकट गर्नुभएको छ ।
‘भुटान मौसुफ राजाका, सरकार र देशका तर्फबाट नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी समवेदना प्रकट गर्न पाएकोमा खुशी छु,’ उहाँले अाफ्नो टुइटरबाट टुइट गर्नुभएको छ ।
उहाँले भुटानले सक्ने कुनै पनि सहयोग गर्न भुटान सरकार तयार रहेको पनि बताउनुभएको छ ।***

तपाईको प्रतिक्रिया