Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – शनिबार मुलुकमा आएको भयानक भुकम्पमा परी ठूलो धनजनको क्षति भएको छ। यस्तै हजारौं मानिसहरू घाइते भएका छन्।

आइतबार प्रधानमन्त्री स्वदेश फर्किएसँगै मन्त्रिपरिषदको आकस्मिक बैठक प्रभावित क्षेत्रमा हेलिकप्टर पठाएर हवाइ निरीक्षण गर्ने, सबैभन्दा बढी प्रभावित भएको गोरखा वारपाकमा अत्यावश्यक सामाग्रीसहित रेश्क्यू टोली पठाउने, अस्पतालको छेउछेउमा रहेका औषधि पसल बन्द नगर्न निर्देशन दिने, ठूला सुपरमार्केट, सपिङ सेन्टहरू पनि खुला राख्न अपिल गर्ने लगायतका निर्णय गरेको छ ।यदी अटेरी गरेमा सरकारले कार्बाही गर्ने बताईएको छ। तर सुरक्षाको सम्पूर्ण जिम्मा भने सरकारले लिने बताईएको छ।

यसै गरी सरकारले ड्राइफुड बाहिर निकाल्नुपर्ने र सहज रूपमा वितरण गर्नुपर्ने, सरकारी कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन निर्देशन दिने र प्रभावित क्षेत्रमा भएका विभिन्न समस्या पहिचानका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
भुकम्पमा परेका घाइतेको अस्पतालमा नि:शुल्क औषधोपचार गर्ने,  ज्यान गुमाएकाहरूको सामुहिक रूपमा अन्त्येष्टी गरिन, शव कुहिएर थप महामारी निम्तिने डरले फोटो खिचेर शवको सामूहिक दाहसंस्कार गर्ने भएको छ। यदि कोही आफन्त दाबी गर्न आए दिने अन्यथा सामूहिक दाहसंस्कार गरिने भएको छ। सरकारले यसैगरी एनटिसी र एनसेललाई नि:शुल्क सेवा दिन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा कम्बल, टेन्ट, खाना, औषधिहरूको मात्रा बढाउने, तत्काल ५ हजार टेन्ट मगाउने लगायतका निर्णयहरु गरेको छ । ****

तपाईको प्रतिक्रिया