Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण जिल्लामा मृत्यु हुनेको संख्या २१० पुगेको छ । अहिलेसम्म बारपाकबाट १ सय भन्दा बढीको उद्दार गरि घाइतेलाई एउटा हेलिकप्टरबाट उपचारका लागी पोखरा लगिएको छ ।

barpakतर भौगोलिक विकटता र संचार सम्पर्क विच्छेद भएका कारण बारपाकको अवस्था अहिलेसम्म सही तथ्याङ प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले बताए । उनका अनुसार अझैसम्म त्यहाँको बस्तुस्थिती थाहा हुन सकिरहेको छैन् ।

कच्ची सडक भएकाले पैदल भएर गएका उद्दार टोली बारपाकसम्म पुग्न नसकेको उनले बताए । बारपक, सिम्पुङ, लाप्राक, गुन्दा लगायतका गाविसहरु बढी प्रभावित भएका छन् । जिल्ला कालो कुहिरो ढाकेको हुनाले हेलिकप्टरबाट पनि उद्दार गर्न सम्भव रहेको प्रजिअ तिमेल्सेनाले बताए ।

उता भूकम्प गएको २४ घण्टा बितिसक्दा पनि गोरखाको छिमेकी जिल्ला धादिङका दुर्गम गाउँमा उद्दारमा ढिलाइ भएको घाइतेहरुले गुनासो गरेका छन् । घाइतेहरुले छिटो भन्दा छोटो उद्दार कार्यलाई सहज बनाई आफूहरुको ज्यान जोगाइदिन आग्रह गर्दै आएका छन् ।

शनिबार गएको भूकम्पका कारण धादिङ जिल्लाका धेरै गाविसहरु प्रभावित भएका छन् । धादिङका री, मुलपानी, झर्लाङ्दी, मार्पाक लगायतका गाविसहरु धेरै प्रभावित भएका छन् ।

‘वरपरका सयौं घरहरु भत्किएकाले धेरैको मृत्यु भएको छ’, मूलपानी गाविस ३ का सुशील बस्नेतले हताहत आवाजमा भने,’खानेकुरा केही नभएर हिजोदेखि भोकै छौं, मर्ने मरिहाले हामी बाँचेकाको सरकारले छिटो उद्दार गरिदिओस् ।’

धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार धादिङमा हालसम्म १ सय ५० जनाको मुत्य भैसकेको छ भने १५० भन्दा बढि गम्भीर घाइते छन् । उनले भने,’उद्दार कार्य जारी रहेकाले मृतकको संख्याको अझै यकिन भएको छैन ।’***

तपाईको प्रतिक्रिया