Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – विनाशकारी भूकम्पले बढी क्षति पुगेका ११ जिल्लालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्दै ती जिल्लाका सम्पूर्ण शैक्षिक संस्था एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

ktmसरकारले काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, गोरखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रामेछाप लगायतका जिल्लालाई संकटग्रस्त क्षेत्र घोषण गरेको छ । यी क्षेत्रमा सरकारले उद्दार तथा राहतका लागि राज्यको सम्पूर्ण शक्ति लगाएको बताएको छ ।

भूकम्पपछि शैक्षिक संस्थाका संरचनामा क्षति भएको र जोखिम रहेकाले यी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गर्न परेको शिक्षा मन्त्रालयले जनाएको छ । साथै सरकारले सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई उद्दार तथा राहतमा लाग्न अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया