Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – शनिबार मध्याह्न आएको विनाशकारी भूकम्पका कारण राजधानीको मुटुमा अवस्थित भीमसेन थालाले निर्माण गरेको धरहरा पूर्ण रुपले ध्वस्त भएको छ ।

ktm1देशकै ऐतिहासिक र साँस्कृतिक धरोहर मनिएको यस धरहरा भत्केसँगै एउटा इतिहासकै अवसान भएको बुझिएको छ । यसअघि १९९० सालमा आएको भूकम्पका कारण पनि धरहराको तिनतला भत्केको थियो ।

शनिबारका दिन प्रायः मानिसहरुको धरहरा चढ्ने रहर हुने हुँदा आज पनि पनि यहाँ मानिसहरुको निकै भिड थियो । धरहरा स्रोतअनुसार करिब १०÷१५ जनाले टुप्पोबाछ राजधानी नियालिरहेका थिए भने २० जनाभन्दा धेरै चढ्ने तयारीमा थिए ।

धरहरा भत्किदा त्यहाँ आसपासमा रहेका करिब ५० जना मानिसको हताहत भएको बुझिएको छ । तर प्रत्यक्षदर्शीका अनुसार यो संख्या अझै धेरै रहेको छ ।

अहिले धरहरामा उद्दार कार्य जारी रहेकाले मृतकको संख्या अझै यकिन हुनसकेको छैन ।***

ktm3 ktm2 ktm

तपाईको प्रतिक्रिया