शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – अश्लिल गाली गलौज गरेको आरोपमा बुधबार पक्राउ परेका भिजे सुरज गिरी र मोडल साहाना बज्रचार्या विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएको छ ।

बिहिवार सुरज र साहानालाई काठमाडौं जिल्ला प्रशासनले थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएपछि महानगरीय प्रहरी परिसर हनुमानढोकाले सार्वजनिक अपराधको मुद्धा अघि बढाएको हो । दुबैलाई अहिले हनुमान ढोकाको हिरासतमा राखिएको छ ।

विज्ञापन र म्युजिक भिडियो कम्पनीका सञ्चालक हर्षबर्धन साहनीलाई अश्लिल गाली गरेको उजुरी परेपछि सुरज र साहानालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी परिसर हनुमान ढोकाका अनुसार उनीहरु दुबैले साहनीमाथि गाली गरेको पुष्टि भएपछि प्रहरीले सुरज र साहानामाथि मुद्धा अघि बढाएको हो ।

कान्तिपुर टेलिभिजनका पूर्व कर्मचारी एवं मोडल साहाना र सुरज केही महिना अघि चितवनस्थित डान्सिङ कार काण्डमा मुछिएपछि विवादमा आएका थिए । जुन खबरले रंगीन दुनियामा निकै तरंग पैदा गरिदिएको थियो ।

कार काण्डले व्यापक हल्ला भएपछि उनीहरुलाई कान्तिपुरले जागिरबाट समेत निस्काशन गरेको थियो ।***

तपाईको प्रतिक्रिया