बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं– संविधानसभा–व्यवस्थापिका–संसद् कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार बिहान ११ः३० बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको छैटौँ प्रतिवेदनमाथिको छलफल आइतबार समाप्त भएपछि सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।

सोमबार बस्ने संविधानसभाको बैठकको कार्यसूचीका साथै उक्त समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउने, प्रश्नावली समिति गठन गर्नेलगायत विषयमा परामर्श समितिको बैठक केन्द्रित रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया