बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नामिबियामा चलिरहेको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल विजयी भएको छ ।

नेदरल्याण्डले दिएको १५९ रनको लक्ष्य नेपालले ४९ दशमलब ३ ओरभमा ८ विकेटको क्षतिमा भेट्टायो । नेपाललाई २ विकेटले जिताउने क्रममा शरद भेसवाकर २४ र शक्ति गौचन २ रनमा नट रहे भने विनोद भण्डारीले ३५, सोमपाल कामीले २४, कप्तान पारस खड्काले १९ , सागर पुनले १३ तथा नरेश बुढाऐरले १ रन बनाए ।

तर, ज्ञानेन्द्र मल्लले भने खाता नै खोल्न सकेनन् । यसअघि विन्डहक मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले मध्यम प्रदर्शन गर्दै ५० ओभर सकिन मात्र १ बल बाँकी रहँदा सबै विकेट गुमाएर १५८ रन जोड्यो । नेदरल्याण्डस्लाई सस्तैमा समेट्न नेपालका लागि शक्ति गौचन, बसन्त रेग्मी, कप्तान पारस खड्का र सोमपाल कामीले समान २–२ विकेट लिए । करण केसीले विकेट हात नपारे पनि ७ ओभरमा ३ मेडन राख्दै १० रन मात्र दिए । यस्तै ब्याटिङतर्फ नेदरल्याण्डका रिपुनले सर्वाधिक ५३ रनको योगदान दिए ।

११७ बलमा २ चौकासहित ५३ रन जोडेका उनलाई उनलाई शक्ति गौचनले बोल्ड गरेका थिए । यस्तै माइबर्गले ३६ रनको योगदान दिए । ७३ बलमा १ चौकासहित ३६ रन बनाएका उनलाई बसन्त रेग्मीले आउट गराएका थिए । तर, बुकारीले १९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दाहोरो अंक छुन सकेनन् । हिजो युगाण्डासँग २ रनले पराजित भएको नेपालको प्रतियोगितामा पहिलो जित हो । गएको वर्ष विश्वकप क्रिकेटको छनोट खेलमा सातौ स्थानका लागि भएको खेलमा नेपालले नेदरल्याण्डसँग खाएको ७ विकेटको हारको पनि नेपालले बदला लिएको छ । ***

तपाईको प्रतिक्रिया