बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं- सविधानसभामा निकै कठिन अवस्था हुने प्रचार भए पनि आज त्यस्तो केही भएन । यद्यपी, संविधानसभामा केही अनौठो घटना भएका छन् ।

संविधानसभाको इतिहासमा विरलै मात्र भएको एउटा घटना हो अध्यक्षको आलोचना । विगत केही बैठकदेखि विपक्षी गठवन्धनका सभासद्हरुले अध्यक्षको घुमाउरो आलोचना गरिरहेका थिए । आज केही सभासद्ले ठाडो आलोचना गरेका छन् ।

संसदीय प्रणालीमा सभाध्यक्षको आलोचना बैठकमा गर्नु निकै गम्भीर विषय मानिन्छ । सभासद्हरुले अध्यक्षको आलोचना गरेर बैठकलाई अशोभनीय बनाउन थालेपछि अध्यक्ष सुवासचन्द्र नेम्वाङले रुलिङ गर्नुपरेको छ ।

अध्यक्ष नेम्वाङले सभाध्यक्षको आलोचना नगर्न संविधानसभा बैठकमा कडा रुलिङ गरेका छन् ।

संविधानसभाको बैठकमा विपक्षी गठवन्धनका केही सभासदहरुले संविधानसभा अध्यक्षको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।

सभाध्यक्ष नेम्वाङले अध्यक्षका बारेमा दिइएका सबै आलोचनाका अभिव्यक्तिहरु रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

नेम्वाङले भने, ‘माननिय सदस्यहरुले बोल्दा सभाध्यक्षको कदम गलत भएको भन्दै गरेको टिप्पणी रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।’

एमाओवादी सभासद धनीराम पौडेलले धारणा राख्ने क्रममा सभाध्यक्षले सहमतिको विकल्पमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएपछि नेम्वाङले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

यसअघि उपाध्यक्ष ओनसारी घर्ती मगरले बैठक सञ्चालन गरेका बेलामा प्रतिपक्षी दलका सभासदहरुले सभाध्यक्षको आलोचना गरेपनि ध्यानाकर्षण गराएकी थिइनन् ।

संविधानसभा र व्यवस्थापिका संसदको बैठकमा सभाध्यक्षको कदम र अभिव्यक्तिलाई लिएर टिप्पणी र आलोचना गर्न नपाइने व्यवस्था नियमावलीमा रहेको छ ।

रेकर्डबाट हटाउन आदेश दिइएको अभिव्यक्तिको अभिलेखमा अब चिन्ह लगाइने छ र त्यसको तलपट्टी  ‘अध्यक्षको आदेशबाट हटाइएको’ उल्लेख गरिने छ ।

संसद्को बैठकमा रेकर्डबाट हटाउने आदेश दिइएका अभिव्यक्ति अनेक भए पनि संविधानसभामा त्यस्तो रुलिङ विरलै मात्र गर्नुपरेको छ ।
केही दिन अघि नेम्वाङले मस्यौदा निर्माणको जिम्मेवारी संविधानसभा अध्यक्षलाई दिए सजिलो हुन्छ भनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनौपचारिक प्रस्ताव राखेका थिए ।

त्यसपछि बसेको संविधानसभा बैठकमा केही सभासद्ले सो बारेमा टिप्पणी गर्न खोजेका थिए । तर, अध्यक्षको आसनबाट नेम्वाङले अध्यक्षका बारेमा टिप्पणी नगर्न निर्देशन जारी गरेका थिए । ***

समुद्रपारि डट कमले सुरु गरेको अनलाईन रेडियोको परिक्षण प्रसारण सुन्न यहां क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया