बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं- संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन माथि आइतबार पनि संविधानसभामा छलफल जारी छ ।

संविधानसभा बैठकमा शुक्रबारदेखि जारी छलफलमा बोल्न आज विपक्षी दलका सभासदले मात्र नाम लेखाएका छन् ।

बैठकमा एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले अब चार दिनमा संविधान जारी हुने सम्भावना नरहेको भन्दै कांग्रेस र एमालेलाई प्रक्रिया अघि बढाएर मुठभेडको वातावरण नबनाउन आग्रह गरे ।

विभिन्न शक्तिको प्रभावमा परेर कांग्रेस–एमालेले जबरजस्ती संविधान ल्याउन खोजेको आरोप लगाउँदै उनले त्यस्तो भए प्रतिरोध गर्ने चेतावनी दिए ।

बैठकमा बोल्ने स्वतन्त्र सभासदहरुले भने एमाओवादी गलत बाटोमा हिँडेको आरोप लगाउँदै संविधान जारी नगर्ने खेलमा नलाग्न आग्रह गरे ।

माघ ८ को निर्धारित मिति कटाउन विपक्षी सबै सभासदले बोल्न नाम टिपाएपछि सत्ता पक्षका सभासदले भने नबोल्ने भएका छन् । भित्र विपक्षी सभासदले बोलेर समय कटाउँदै गर्दा सत्तापक्षीय सभासदहरु भने सभा भवन बाहिर घाम तापेर दिन कटाउँदै छन् ।

एमाओवादी र मधेसी दलले माघ ८ कटाउनकै लागि गलत रणनीति प्रयोग गर्न थालेको आरोप कांग्रेस–एमालेका सभासदहरुले लगाएका छन् ।

तपाईको प्रतिक्रिया