बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौँ- नेपाल आयल निगमले आज बिहान १० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

निगमले १५/१५ दिनमा स्वचालित मूल्य प्रणाली लागू गरेकोले अन्तर्राष्ट्रिय बजारअनुसार समायोजनका लागि मूल्य घटाएको निगममा प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।

घटाएको मूल्यअनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको प्रतिलिटर रु ८८ कायम भएको छ । निगमले समायोजनअनुसार मूल्य घटाएको यो सातौँपटक हो ।

तपाईको प्रतिक्रिया