बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले संविधानसभा घेरेको छ । नयाँ बानेश्वरमा राप्रपका कार्यकर्ताले हिन्दू राज्यको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको विरोध गर्दै आएको राप्रपा नेपालले संघीयताले देश टुक्रने भन्दै हिन्दू राज्य सापेक्ष मुलुक हुनुपर्ने माग गर्दै आएको छ ।

बानेश्वरमा पञ्चायतकालीन राष्ट्रिय गीतहरु बजाएर राप्रपा नेपालका कार्यकर्ताले धर्ना दिएका छन् । संविधानसभाभित्र संवाद समितिको प्रतिवेदनमाथि छलफल चलिरहेको बेला प्रमुख दलका शीर्ष नेताहरु पनि बानेश्वरमै छलफल गरिरहेका थिए ।***

तपाईको प्रतिक्रिया