बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं- नेपाल राष्ट्र बैंकले उपभोग्य वस्तुको बजारभाउ ७ प्रतिशत बढेको जनाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७१/७२ को मंसिर मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरी बजारमूल्य ७ प्रतिशत रहेको बताएको हो ।

सोही अवधिमा सबैभन्दा धेरै सुर्ती र मदिराजन्य वस्तुमूल्य अकासिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सूर्तीजन्य वस्तु मूल्य वृध्दीदर सबैभन्दा धेरै २३.५ प्रतिशत र मदिराजन्य वस्तुको मूल्यवृध्दीदर १९.४ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष सुर्तीको ९.९ प्रतिशत र मदिराको ९.४ प्रतिशत वृध्दीदर कायम थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा मंसिरको समग्र बजारभाउ कम रहेको बैंकले जनाएको छ ।

पेट्रोलियम पदार्थ मूल्य अन्तर्राष्ट्रिय रूपमै गिरावट आएपछि आयात प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ । मुलुकमा सबैभन्दा धेरै मूल्यको आयात हुने पेट्रोलियम पदार्थ भाउ घट्दा आयातदर अघिल्लो वर्षको तुलनामा झन्डै २ प्रतिशत कमी आएको राष्ट्र बैंकले जनाएको छ । ***

तपाईको प्रतिक्रिया