बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं- सरकारले किस्ताबन्दीमा राजदूत नियुक्ति गरिरहँदा आठ नेपाली नियोग अझै नेतृत्वविहीन छन् । भदौमा ६ देशका लागि राजदूत सिफारिस गरेपछि शुक्रबार दुई देशका लागि राजदूत सिफारिस भएको छ ।

इजिप्टमा दुई वर्षदेखि, कतारमा डेढ वर्षदेखि, जर्मनीमा करिब डेढ वर्षदेखि, श्रीलंकामा झण्डै एक वर्षदेखि, बेलायतमा ६ महिनादेखि राजदूत छैनन् । ओमान र बहराईनमा पनि सरकारले राजदूत नियुक्त गर्न सकेको छैन ।

भारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीलाई राजदूतमा सिफारिस गरिएको छ । भारतमा राजदूत रिक्त भएको चार वर्ष पुग्नै लाग्दा र अमेरिकामा रिक्त भएको करिब एक वर्षपछि राजदूत सिफारिस गरिएको हो । अझै आठवटा नेपाली नियोग राजदूतविहीन छन् ।

कूटनीतिक सेवाबाट र राजनीतिक नियुक्तिबाट ५०-५० प्रतिशत राजदूत नियुक्त गर्ने नीतिअनुसार गत भदौमा परराष्ट्र मन्त्रालयका ६ सहसचिव राजदूतमा सिफारिस भएका थिए । उनीहरूले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

राजनीतिक नियुक्तितर्फ १० मध्ये दुईजना भारत र अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् । सन् २०११ जुनदेखि भारतमा राजदूत थिएनन् । एमाओवादी सरकारका पालामा नेता राम कार्कीको नाम सिफारिस गरिए पनि भारतले एग्रिमो नदिँदा उनी जान पाएनन् । ***

तपाईको प्रतिक्रिया