बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं– नामिबियामा आजबाट सुरु भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को पहिलो खेलमा नेपाल युगान्डासँग दुई रनले पराजित भएको छ।

१ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले संयमित सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरू नचल्दा हार बेहोर्नुपर्‍यो। ओपनर सुवास खकुरेल र नरेश बुढाएरले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए।

नरेश १६ रन बनाउँदै आउट भए भने सुवासले ३२ रन जोडे। त्यसैगरी ज्ञानेन्द्र मल्लले ३४ रन जोडेका थिए। मध्यक्रमका ब्याट्सम्यानहरू कप्तान खड्का ५, शरद भेषवाकर ५ र विनोद भण्डारी १ रन बनाउँदै आउट भए।अन्तिम तीन ओभरमा २७ रन आवश्यक भएका बेला पुछारका ब्याट्सम्यानहरूले आशा देखाएका थिए।

शक्ति गौचनले एकै ओभरमा दुई छक्का प्रहार गरेपछि १२ बलमा नेपाललाई जितका लागि १४ रन आवश्यक थियो। तर शक्ति कुनै रन नथप्दै आउट भए। अन्तिम ओभरमा नेपाललाई १० रन आवश्यक थियो।

८ रन मात्र बन्न सक्यो र नेपाली टोलीले ५० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मात्र बनाउन सक्यो।
नेपालले दोस्रो खेलमा आइतबार नेदरल्यान्ड्सको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया