शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं- एमाओवादी र मधेसवादी मोर्चाले सार्क सम्मेलन लगत्तै सडक आन्दोलन गर्ने निर्णय गरेको छ।

एमाओवादी नेतृत्वमा रहेको मधेसवादी दलसहितको संघीय लोकतान्त्रिक मोर्चाको सिंहदरबारमा बसेको वैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

कांग्रेस एमालेसहितका दलहरुले संयुक्त रुपमा संवाद समितिमा हस्ताक्षर सहित प्रस्ताव पेस गरेकोमा आपत्ति जनाउँदै मोर्चाले आन्दोलन गर्ने निर्णय गरेको हो।

समितिमा बुझाइएको प्रस्तावमा प्रधानमन्त्री सुशील कोइरालाले एक नम्बरमै हस्ताक्षर गरेकोमा मोर्चाले कडा आपत्ति जनाएको छ।

संवाद समितिमा बुझाइएको प्रस्तावमा कोइरालाले एक नम्बरमा हस्ताक्षर गरेकाले वर्तमान सरकार समावेसीकरण, समानुपातिक प्रणाली र पहिचान विरुद्ध उत्रेको निष्कर्ष सहित सडक आन्दोलनको तयारीमा लागेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया