शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं- मंसिर सरकारले सबै सार्क मुलुकको राजधानीसँग हवाई पहुँच बनाउने एजेण्डामा छलफल गर्ने तयारी गरिरहँदा पाकिस्तानको ध्वजाबाहक विमानले नेपाल उडान बन्द गरेको छ ।

पाकिस्तान अन्तर्राष्ट्रिय विमान कम्पनीले जुलाईदेखि उडान रोकेको थियो । कम्पनीका कन्ट्री म्यानेजर मोहमद यहमदका अनुसार स्टेशन र कार्यालय बन्दका लागि डिसेम्बर पहिलो सातासम्मको समय दिइएको थियो ।

विमान कम्पनीले पाकिस्तान-काठमाडौं साताको दुई उडान गर्दै आएको थियो । नेपाल भन्दा अगाडी गत फेब्रुअरीबाट बैंकक र हङकङको उडान पनि बन्द गरिसकेको छ ।

तपाईको प्रतिक्रिया