शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

सिड्नी – अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको संसदलाई मंगलबार सम्बोधन गरेका छन्।

उनले दुई मुलुकबीच गहिरो सम्बन्ध रहेको बताए। विगत २८ वर्षमा अष्ट्रेलिया भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्। मोदीले लोकतान्त्रिक पद्धतिका कारण दुई मुलुकबीच समानता रहेको पनि उल्लेख गरे।
भारतको प्रगतिमा सहभागी हुन अष्ट्रेलियासंग पर्याप्त अवसर रहेको उल्लेख गर्दै मोदीले आफ्नो विश्वव्यापी आर्थिक संलग्नतालाई अष्ट्रेलियाले बढाउनुपर्नेमा जोड दिए।

यसअघि उनले सिडनीस्थित ओलम्पिक पार्कमा प्रवासी भारतीयलाई सम्बोधन गरेका थिए। त्यहाँ झण्डै २० हजार मानिसहरुको सहभागीता थियो। आफ्नो सम्बोधनमा उनले भारत र अष्ट्रेलियाबीचको साझा मूल्य मान्यता र सुदृढ लोकतान्त्रिक परम्पराबारे चर्चा गरेका थिए।
मोदीले भारतको आर्थिक विकाससम्बन्धी सरकारको योजनाबारे पनि चर्चा गरे। उनले अष्ट्रेलियाका मानिसहरुका लागि भीसा प्रक्रियामा सरलता ल्याउने वाचा समेत गरे।

उनले भने, मलाई थाहा छ – ‘मायासंगै अपेक्षा पनि हुन्छ। हो, तपाईंहरुले सपना देखेझै हामी भारत बनाउन चाहन्छौं।’ भारत पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनले देश बाहिर बस्दै आएका भारतीयहरुलाई स्वदेशमा लगानी गर्न र युवाहरुका लागि थप रोजगारी सृजना गर्न आह्वान गरे। ठूलो अर्थतन्त्र भएका मुलुकहरुको समूह जी-२० को सम्मेलनमा सहभागी हुन गत साता मोदी अष्ट्रेलिया पुगेका हुन। ***

तपाईको प्रतिक्रिया