शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

भैरहवा – शाक्यमुनि सिध्दार्थ गौतमको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौध्द सम्मेलन सुरु हुँदैछ । सम्मेलनको उदघाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम छ । बौध्द संस्कृति र सम्पदाको सम्वर्धन, सुरक्षा र संरक्षण विषयक चार दिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।

नेपालको थेरवाद बुध्दिष्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुध्दिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रचार संयोजक नविन चित्रकारले जानकारी दिए ।

३० देशका ४ सयभन्दा बढी बौध्द भिक्षु तथा विद्वानको सहभागिता रहने सम्मेलनमा स्वदेशी ४६ तथा विदेशी ४८ बौध्द भिक्षु तथा विद्वानले ९४ वटा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । रासस ***

तपाईको प्रतिक्रिया