शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं- पूर्वयुवराज पारस शाहलाई थाई प्रहरीले पुन पक्राउ गरेको छ । थाई अदालतको तारिख गुजारेको अभियोगमा गत बुधबार उनी पक्राउ परेको स्रोतले जनाएको छ ।

उनी पक्राउ परेको विषयमा प्रेमिका कन्निकाबाहेक अरुलाई जानकारी छैन । यद्यपी बैंककमा बस्दै आएका नेपालीले बिहीबार पारसलाई प्रहरी हिरासतमा नै गएर भेट गरेका थिए ।

अदालतको आदेश उल्लंघन गरेपछि उनी पक्राउ परेका हुन् । यसअघि ३० लाख धरौटी लिएर उनलाई तारेखमा छाडिएको थियो ।

तपाईको प्रतिक्रिया