शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – नौमती बाजाको साथमा गल्कोट समाज जापानको मनोरञ्जनात्मक वनभोज कार्यक्रम हालै गिफुकेनमा सम्पन्न भएको छ ।

मनोरञ्जनात्मक आपसी भेटघाटका लागि सोमबार आयोजना गरिएको पिकनिक कार्यक्रममा बिशेष आकर्षण बनेको घुम्टे नौमती बाजा समुहको मौलिक लोकबाजा प्रस्तुतीमा सहभागीहरु छमछमी नाचेर भरपुर मनोरञ्जन लिएका थिए ।
टोकियो, नागोया, ओसाका लगायतका सहरबाट ५५ जना भन्दा बढि गल्कोटेहरुको सो पिकनिकमा सहभागिता रहेको थियो ।

‘नौमती बाजाको साथमा रहेको पिकनिक कार्यक्रम बिशेष रह्यो’ – जापानको लामो बसाईको अनुभव सुनाउँदै निवर्तमान अध्यक्ष तथा अधिवेशन आयोजक समितिका संयोजक मोहन खत्रीले भन्नुभयो – ‘जापानप्रवासमा रहेर पनि हाम्रा परम्परागत मौलिक बाजाको महत्वलाई भुलेका छैनौ ।’

अपरान्ह १ बजेदेखि रातीको ३ बजेसम्म पिकनिक कार्यक्रम चलेको बताईएको छ । कार्यक्रम अवधिभर सहभागीहरुले आफुलाई आफ़्नै गल्कोटको सेरोफेरोमै रहेको अनुभूत गरे ।  ***
Galkot 1 Galkot 2 IMG_2410 IMG_2440 IMG_2564 Galkot 3

 

तपाईको प्रतिक्रिया