शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

स्कटल्याण्ड – स्कटल्याण्ड युकेमा आगामी महिना हुन लागेको कमनवेल्थ खेलकुद प्रतियोगिताको उपलक्ष्यमा स्कटल्याण्डमा रहेका नेपाली समुदायले यसै साता कमनवेल्थ खेल उत्सव मनाएका छन् ।  स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू) ले स्कटल्याण्डको अबर्डिन सहरमा उक्त कार्यक्रम आयोजना गरेको थियो।

सो अवसरमा ५  उमेर समुहमा १०० मिटर दौड, २ उमेर समुहमा चम्चा गुच्चा दौड तथा फूटबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिता अन्तर्गत ५ वर्ष मुनिको १०० मिटर दौडमा बिभिषा उप्रेती प्रथम, मेलिसा रेग्मी दोस्रो र दर्शन उप्रेती तेस्रो भएका थिए। यस्तै ५-१० उमेर समुहको १०० मिटर दौडमा अनुष्या बोहोरा प्रथम, अंशु भण्डारी दोस्रो र काल्भिन राजभण्डारी उप्रेती तेस्रो भएका थिए। यसैगरी १०-२० वर्ष समुहको महिला १०० मिटर दौडमा सामना तिवारी प्रथम, सर्बज्ञा  भुर्त्याल दोस्रो र ऋतिका बानियाँ तेस्रो भएका थिए। यस्तै १०-२० वर्ष समुहको पुरुष १०० मिटर दौडमा टिटो प्रथम, अभिषेक थापा दोस्रो र गौषिक तेस्रो भएका थिए। यस्तै २० बर्ष माथिको पुरुष १०० मिटर दौडमा दिपेश रेग्मी प्रथम, दिनेश थापा दोस्रो र सरिन राजभण्डारी तेस्रो भएका थिए भने २० बर्ष माथिको महिला १०० मिटर दौडमा पावना शर्मा प्रथम, अमिता बुढाथोकी दोस्रो र सिर्जना देवकोटा तेस्रो भएका थिए। यस्तै अर्को आकर्षण रहेको ७-१५ बर्ष उमेर समुहको चम्चा गुच्चा दौडमा ली प्रथम, अनुष्या बोहोरा दोस्रो र कला हुमागाईं तेस्रो भएका थिए। यसैगरि १६ वर्ष माथिको उमेर समुहको चम्चा गुच्चा दौडमा जस्मिन रेग्मी प्रथम, अमिता बुढाथोकी दोस्रो र पावना शर्मा तेस्रो भएका थिए।

यसैगरी चार समूहको सहभागिता रहेको फ़ूटबल प्रतियोगिताको फाइनलमा सगरमाथा समुहले कंचनजंघा टिमलाई शून्यको बिरुद्ध २ गोलले पराजित गरेर प्रथम भएको थियो। यस अघि सगरमाथाले अन्नपूर्णलाई ५-० ले पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो भने कंचनजंघाले धौलागिरीलाई ३-२ ले हराएको थियो। प्रतियोगिताका बिजेताहरुलाई नेपालबाट आउनुभएका अभिभावकहरुले पदक र पुरस्कार वितरण गर्नुभएको थियो।

कार्यक्रम संयोजक डा. सोहन घिमिरे यस्ता कार्यक्रमहरुको आयोजनाले दोस्रो पुस्ताका नेपाली बालबालिका र युवा समुदायबिच आपसी समन्वय र सदभाव बढाउने तथा स्वस्थ जीवनको लागि प्रभावकारी भूमिका खेल्ने बताउनुभयो। स्कटल्याण्ड सरकार अन्तर्गतको कमनवेल्थ सेलेब्रेट कोष र बिग लोट्री कोषले सहयोग गरेको उक्त कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिताले आगामी दिनमा संस्थाले यस्तै प्रकारका थप कार्यक्रमहरु गर्न हौसला मिलेको संस्थाका कोषाध्यक्ष निश्चल कार्कीले बताउनुभयो । ***
Uk 1 Uk 2 Uk 3 Uk 4

तपाईको प्रतिक्रिया