शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

बैंकक – गैरआवासीय नेपाली संघ थाइल्याण्डले पहिलो पटक बैंककमा शनिबार आयोजना गरेको नेपाल महोत्सव २०१४ भव्यताकासाथ सम्पन्न भएको छ । बैंककस्थित एट्रियम होटलमा आयोजना भएको महोत्सवको सम्माननीय थाई राजकुमारी प्रापापन पानुपन कोर्नकोसियाकाजले विशेष समारोहका बीच गर्नुभएको थियो ।

Welcoming Princess on Arrival by Act. Ambassador Dornath Aryal ( on the left and NRNA Thailand Presidnet Khagendra Raj Dhakalराजकुमारी कोर्नकोसियाकाजलाई बैंककस्थित नेपाली दूतावासका निमित्त राजदूत डोरनाथ अर्याल, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकाल सहित पञ्चकन्याले स्वागत गरेका थिए । स्वागतमा लागि ओछ्याईएको रातो कार्पेटको दूवैतिर लाइन बसेका नेपालीहरुले राजकुमारीको हार्दिक स्वागत गरेका थिए ।

राजकुमारीले सुरुमा नेपाली वस्तुहरु सजाइएको प्रदर्शनी कक्षको अवलोकन गर्नुभएको थियो । उहाँ मुख्य कार्यक्रम हलमा प्रवेश गर्दा शाही धुनद्वारा स्वागत गरिएको थियो भने त्यपछि थाईल्याण्ड र नेपालको राष्ट्रिय धुन बजाइएको थियो । फेष्टिलको उदघाटन समारोहमा निमित्त राजदूत डोरनाथ अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले प्रदर्शनी आयोजनाको उद्देश्य बारेमा प्रकाश गर्नुका साथै राजकुमारी कोर्नकोसियाकाज तथा अन्य आमन्त्रितहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा ढकालले अपेक्षा गरेअनुसार नेपाललाई प्रवर्द्धन गर्न फ़ेष्टीबल सफल भएको दावी गर्नुभएको थियो ।Princess giving a opening speech

उदघाटन समारोहमा राजकुमारी कोर्नकोसियाकाजले दिनुभएको सम्बोधन:
नेपाल महोत्सव २०१४ को यस साँझमा तपाईंहरुसँग सहभागी हुन पाउँदा मलाई आनन्द लागेको छ । थाइ अधिराज्यमा यस कार्यक्रम आयोजना गर्ने गैरआवासीय नेपाली संघ थाइल्याण्ड, अन्य संघ संगठन र अन्य सम्वद्ध व्यक्तिहरुप्रति बधाई दिन्छु ।

नेपाली संस्कृति र प्रस्तुतिको यस महत्वपूर्ण समय तपाईंहरुसँग बिताउन पाउँदा मलाई खुशी लागेको छ । यस कार्यक्रमले निश्चय नै नेपाल र थाइल्याण्डबीचको सम्वन्ध थप विस्तार गर्न सहयोग पुर्‍याउनेछ ।
सहकार्य र सहयोगको भावना यस महोत्सवको ट्रेडमार्क बन्नेछ, सोही भावनाअनुसार हामी हाम्रा दुई देशका जनताका साझा स्वार्थका आधारमा दुई देशबीचको सम्वन्ध थप झाँगिने गरी हाम्रा भावनाहरुलाई आदानप्रदान गरेर दुई देशबीचको सम्वन्ध बलियो बनाउन सँगसँगै काम गर्न सक्छौ भन्ने मलाई विश्वास छ । मलाई विश्वास छ थाइल्याण्डका नेपाली समुदाय त्यस दिशामा निरन्तर प्रयासरत हुनेछ ।

अन्त्यमा,  गैरआवासीय नेपाली संघ थाइल्याडका अध्यक्ष खगेन्द्रराज ढकाललाई यस महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा धन्यवाद दिन्छु । यो महोत्सव सफल, मनोरञ्जनपूर्ण र स्मरणीय बन्न सकोस भन्ने कामना पनि गर्दछु । धन्यवाद

NRNA President offering a token of love to Princessउदघाटन मन्तव्यपछि राजकुमारी कोर्नकोसियाकाजले रिवन काटी कार्यक्रमको औपचारिक उदघाटन गर्नुभएको थियो । उदघाटनका क्रममा, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष ढकालले राजकुमारी कोर्नकोसियाकाजलाई मायाको चिनोको रुपमा स्वयम्भूको स्तुपा हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि राजकुमारी कोर्नकोसियाकाजले गैरआवासीय नेपाली संघ थाइल्याण्डलाई नेपाल महोत्सव आयोजना गरेको तथा आफूलाई आमन्त्रण गरेकोमा प्रसंशापत्र प्रदान गर्नुभएको थियो ।Princess Visting Stalls

उदघाटन कार्यक्रमपछि राजकुमारी कोर्नकोसियाकाजले नेपाली सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुभएको थियो । उहाँ चार घण्टा महोत्सव परिसरमा बिताउनुभएको थियो । सोही क्रममा उहाँले रात्री भोजमा पनि सहभागी हुनुभएको थियो ।

कार्यक्रममा ठूलो संख्यामा नेपाली, थाई, अन्तर्राष्ट्रिय समुदायको उपस्थिति रहेको थियो । विभिन्न २५ मुलुकका करिव चारसयले महोत्वको मुख्य प्रदर्शनी तथा रात्रीभोजमा सहभागी भएको गैरआवासीय नेपाली संघ थाईल्याण्डका महासचिव केदार तिमल्सिनाले जानाकारी दिनुभएको छ । तिमल्सिनाकाअनुसार कार्यक्रमा ठूलो संख्यामा कुटनीतिज्ञ, पूर्व मन्त्री, प्राध्यापक, व्यवसायी, टुर अपरेटर, सञ्चारकर्मी सहभागी भएका थिए ।
महोत्सवमा मुख्य साँस्कृतिक प्रस्तुतिको रुपमा अङगुली नृत्य, झागड नृत्य, कुमारी नृत्य, लाखे नाच, शिव ताण्डप, आरती नृत्यलगायत थिए । महोत्सवको अर्को आकर्षण पक्ष भनेको फेशन परेड थियो जहाँ नेपालको हिमाली क्षेत्रदेखि तराईसम्मका पहिचान समेटिएको थियो ।

अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुले विभिन्न नेपाली उत्पादन खरिद गर्नुको साथै चासोपूर्वक अवलोकन गरेका थिए । महोत्सव तयारी समितिको संयोजक समेत रहेका गैरआवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष दिलबहादुर थापाका अनुसार एक हजार भन्दा बढीले मेलाको अवलोकन गरेका थिए । मेलामा नेपाली दूतावास, नेपाल वायुसेवा निगमसहित दर्जन बढी निजी व्यवसायिक फ़र्महरुले सहभागिता जनाएका थिए ।

गैरआवासीय नेपाली संघ थाइल्याण्डका युवा संयोजक दिपेश श्रेष्ठका अनुसार महोत्सवमा मानिसहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । महोत्सव रहेको मुख्य हलमा भने प्रवेशको लागि पासको व्यवस्था गरिएको थियो ।

महोत्सव समापन समारोहमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले आयोजक समिति, सहयोगी र प्रायोजकलाई धन्यवाद दिनुभएको थियो । शनिबार दिउसो राजकुमारी कोर्नकोसियाकाजले सहभागीदेखि गैरआवासीय नेपाली संघका अध्यक्ष खगेन्द्रराज ढकालसँग नेपालको जनजीवनको बारेमा जिज्ञासा राख्नुको साथै भविष्यमा नेपाल भ्रमणको इच्छा जाहेर गर्नुभएको थियो । फ़ोटो सौजन्य: एनआरएन थाईल्याण्ड  ***

Cultural Dance 1 Fashion Models and NRNA Thailand President with Princess Fashion Parade 1 Fashion Parade 2 Fashion Parade 3 Group Photo of Organizing Committee Hall View of nepal Festival NRNA Thailand President and Ambassador Welcoming Princess NRNA Thailand President Khagendra Raj Dhakal giving a pose with Princess after the audience on May 17 afternoon Organizing Committee after the program concludes Organizing team dancing after at the end of the program together People lined up for welcoming princess Princess Table while watching the show Stall pic 1 Stall pic 2 Stall pic 3 Stall pic 4

तपाईको प्रतिक्रिया