बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आज राजधानी काठमाडौंको प्रज्ञाभवन कमलादीमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले दीप प्रज्वलन गरी उदघाटन गरेका छन । महासंघका सभापती शिव गाउँलेको सभापतित्वमा भएको उदघाटन समारोहमा उपाध्यक्ष यशोदा तिम्सिनाको स्वागत भाषण रहेको थियो ।

उदघाटन समारोहमा पत्रकारितामार्फत बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारहरुलाई सम्मान पनि गरियो ।

समारोहमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायतका दलका नेताहरुले महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । एनेकपा माओबादीका अध्यक्ष प्रचण्ड भने उता बिराटनगरमा पार्टीको राष्ट्रिय सम्मेलनमा ब्यस्त रहनुपरेको भन्दै पठाईएको लिखित शुभकामना पढेर सुनाईएको थियो । यसैगरी सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले पनि शुभकामना दिएका थिए ।

महासचिव ओम शर्माद्वारा सञ्चालन भईरहेको महाधिवेशन जारी छ ।

देशबिदेशबाट गरी १६५० जति पत्रकारहरुले माहाधिवेशनमा भाग लिईरहेका छन ।

महाधिवेशनमा पत्रकार महासंघ जापानबाट भूषण घिमिरे, शरद शेरचन र छक्कू उदासी ३ जनाले भाग लिईरहेका छन् ।  समाचार अपडेटमै रहने छौं, हामीसंगै रहनुहोला । ***
FNJ Nepal
FNJ OK 1FNJ Npl Suru Ok
Fnj 5FNJ Npl suruFNJ 4FNJ 3FNJ - 2Fnj 6
FNJ 7FNJ 8

तपाईको प्रतिक्रिया