शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने प्रस्ताव
umlकाठमाडौं- नेकपा एमालेभित्र पनि आगामी संविधानसभामा पूर्ण समानुपातिक प्रणाली अपनाउनुपर्ने प्रस्तावबारे छलफल भएको छ ।
केन्द्रीय सदस्य योगेश भट्टराईले मंसिर ४ का लागि निर्धारित निर्वाचनका लागि पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने र विदेशमा रहेकालाई समेत मतदानको व्यवस्था गर्नुपर्ने लगायत प्रस्ताव राखेका छन् । भट्टराईले चुनावमा नेकपा-माओवादीसहितका दललाई ल्याउन एमालेले विशेष पहल गर्नुपर्ने तथा असहमत दललाई उच्चस्तरिय राजनीतिक समितिमा समेट्नुपर्नेसहितको बुँदा समेटेर प्रस्ताव पेश गरेका छन् ।
नेपाली कांग्रेसका केही युवा नेताले पूर्ण समानुपातिक प्रणालीका लागि लविङ गरिरहेका बेला एमालेभित्र पनि त्यसको बहस सुरु भएको हो । मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनका लागि रणनीति बनाउन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबार पनि जारी रहनेछ ।
बैठकको पहिलो दिन अध्यक्ष झलनाथ खनालले निर्वाचनको तयारी, जनपरिचालन, निर्वाचन घोषणापत्रको तयारीलगायत विषय समेटेको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया