शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

Congress-flag_20100916083452काठमाडौं- कम्युनिष्ट पार्टीले झैं नेपाली कांग्रेसले पनि अरु दलको चरित्र किटान गरेको छ । कांग्रेसको चरित्र किटानले सहयात्री दल एमाले निकै रुष्ट भएको छ ।

कांग्रेसले एमाओवादी र एमालेभन्दा राप्रपालाई तुलनात्मकरुपमा लोकतन्त्रउन्मुख राजनीतिक शक्ति भनेको छ ।

कांग्रेसले एमाओवादी सैद्धान्तिक परिचय हराएको पार्टी भनि ठोकुवा गरेको छ । एमाले नीतिगत रूपमा अस्पष्टता, द्विविधा र ढुलमुले नीति भएको अपत्यारिलो पार्टी भएको कांग्रेसको निष्कर्ष छ ।

नेकपा-माओवादी प्रतिगमन र प्रतिक्रियावादीलाई सहयोग पुर्‍याउने पार्टी भएको कांग्रेसको ठहर छ । मधेसवादी दलहरू सत्तालोलुपताबाट निर्देशित र राप्रपा तुलनात्मक रूपमा लोकतन्त्रउन्मुख राजनीतिक शक्ति भएको कांग्रेसको ठहर छ ।

उपसभापति रामचन्द्र पौडेलले प्रस्तुत गरी केन्द्रीय समितिले बिहीबार पारित गरेको राजनीतिक प्रस्तावमा कांग्रेस एमाओवादीका तुलनामा एमालेप्रति बढी अनुदार भएको देखिन्छ ।

एमालेको प्रतिक्रिया यस्तो छ-

एमालेले आफ्नो पार्टीप्रति कांग्रेसले गरेको आलोचनालाई व्यक्तिगत कुण्ठा र रणनीतिक रूपमा असन्तुलित विचार रहेको जनाएको छ । लोकतान्त्रिक शक्तिहरू एक भएर संविधान निर्माणमा जुट्नुपर्ने समयमा त्यस्तो विचार आउनु रणनीतिक रूपमा समेत कांग्रेसको कमजोरी रहेको उसको ठम्याइ छ ।

तपाईको प्रतिक्रिया