शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो- एनआरएन जापानको निर्वाचन कमिटीले पोष्टल भोटिङको मतगणना आज हुने जनाएको छ ।

पाँचजना साधारण सदस्य अर्थात एनआरएनको भाषामा पञ्जिकृत सदस्य बराबर एकजना प्रतिनिधि मताधिकार हुने प्रावधानअनुसार जापानभरिबाट ५८५ जना मतदाता रहेका थिए । उनीहरु सबैलाई निर्बाचन कमिटीले हुलाकमार्फत पठाएको मतपत्रमा मतदाताहरुले मतदान गरी निर्बाचन समितिको कार्यालयमा पठाईएको मतपत्र आज गणना हुने भएको हो ।

मतगणनाको समुद्रपारि डट कमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया