शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

29मनिला – गैरआवासीय नेपाली संघ एशिया प्रसान्त क्षेत्रको तेस्रो वैठक १८ मे २०१३ मा फिलिपिन्सको राजधानी मनिलामा ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ   । ‘सम्बृद्ध नेपालका लागि एकीकृत नेपाली’ भन्ने नाराका साथ सम्पन्न यो वैठकमा १८ देशका १ सय २५ प्रतिनिधिहरुको सहभागिता रह्यो ।

घोषणापत्रका बुँदाहरु

१. बैदेशिक रोजगार तथा शिक्षाको क्षेत्रमा फिलिपिन्स सरकारले गरेको अनुभवलाई नेपालको परिप्रेक्षमा लागू गर्न आबश्यक अध्ययन तथा पहल गर्ने ।

२. अक्टुवर २०१३ मा हुन लागेको संघको छैटौं बिश्व सम्मेलन अघि नै संघ दर्ताका लागि नेपाल सरकारसँग बिशेष समन्वय गर्ने ।

३. नेपालमा हुन लागेको आगामी निर्वाचनमा बिदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई मतदाता परिचयपत्र उपलब्ध गराई सहज रुपमा  मताधिकार सुनिश्चीत गराउन हार्दिक अनुरोध गर्ने ।

४. बिदेशमा बसोबास गरिआएका नेपाली मूलका बिदेशी नागरिकहरुलाई गैरआवासीय नेपालीसम्बन्धी नियमावलीअनुसारको आबश्यक कागजातहरु जुटाउन असमर्थ भएको अबस्थामा पनि सहजरुपमा एनआरएन आइडी उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गर्ने ।

५. पाँचौं बिश्व सम्मेलनबाट अनुमोदित सामूहिक लगानीको अबधारणालाई मूर्त रुप दिन तथा नेपालमा जलबिद्युतमा लगानी बढाउन गैरआवासीय नेपाली संघको संजाललाई परिचालित गर्ने ।

६. एनआरएन एशिया प्रशान्त क्षेत्रीय वैठक सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक समिति तथा राष्ट्रिय समन्वय परिषद् फिलिपिन्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । ***

1

4

 

 

 

 

 

 

 

8

9       

 

 

 

 

 


10

12

 

 

 

 

 

 


14

17

 

 

 

 

 

 

 

18

19

 

 

 

 

 


20

15

 

 

 

 

 

 

27

33

 

 

34

24

 

 

 

 

 

 

 

 

 

 

(फ़ोटो:  सन्दिप ढुंगाना- मनिलाबाट)

तपाईको प्रतिक्रिया