Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं- सरकारले संविधानसभा विघटन भएपछि दुई अध्यादेश राष्ट्रपतिसमक्ष बुझाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पारस्परिक कानुनी सहायता सम्बन्धी अध्यादेश र सुपुर्दगी सम्बन्धी अध्यादेश पारित गरेको हो । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवकाअनुसार मन्त्री परिषदको निर्णयअनुसार अध्यादेश ल्याउन राष्ट्रपति समक्ष अनुरोध पठाइएको छ ।
कामचलाउ सरकारले कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न नपाउने भन्दै विपक्षीहरूले सरकारविरुद्ध आन्दोलन चलाइरहेको अवस्थामा यी अध्यादेश आउन लागेका हुन् । यी दुवै अध्यादेश सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित छन् । मुलुक कालो सूचीमा पर्न लागेको भन्दै सरकारले अध्यादेश मार्फत यी विधेयक ल्याउन लागेको हो ।
पारस्परिक कानुनी सहायता सम्बन्धी विधेक लागू भएमा दुई देशबीचका नागरिकहरूले एक अर्को मुलुकमा अवैध सम्पत्ती लुकाएको  शंका लागेमा सरकारले त्यसको छानबिन गर्न सक्ने छ ।
यसैगरी सुपुर्दगी सम्बन्धी विधेकले फौजदारी अभियोग लागेका कुनै पनि नागरिकलाई एक अर्को मुलुकले पक्राउ गरी सम्बधित देशलाई बुझाउने वातावरण तयार गर्ने छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया