Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- पन्ध्र वर्षसम्म कान्छो छोरा गोविन्द मैनाली पराइभूमिको जेलमा रहँदा बुढेसकालकी आमा त्यति अधैर्य बनेकी थिइनन् होला, जति त्यो छोरो घर फिर्ने खबरले बेचैन छिन् ।
‘कहिले आज आउने रे भन्ने खबर आउँछ, कहिले नआउने भो भन्छन्,’ लामो जेल जीवन बिताएर जापानबाट फिर्न लागेका गोविन्दबारे खबर सुन्न ७९ वर्षीया आमा चन्द्रकला सोमबार बिहान पनि उत्तिकै आतुर थिइन् ।  गोबिन्दले अध्यागमन विभागबाट नेपाल फ़र्कने अनुमति पाईसकेका छन । उनको फ़िर्ता सम्बन्धी तैयारी अन्तिम चरणमा पुगेको थाहा भएको छ ।
एक जापानी युवतीको ‘पुष्टि हुन नसकेको हत्या अभियोग’ मा वर्षौंवर्ष थुनामा रहेपछि भएको आनुवंशिक परीक्षणमा गत बिहीबार मात्रै गोविन्द निर्दोष सावित भएर जेलमुक्त भएका हु्न् । ‘अध्यागमन केन्द्रमा रहेको भाइसँग फोनमा सम्पर्क भइरहेको छ, उसको चिन्ता पनि छिट्टै घर फिर्न पाए हुन्थ्यो भन्ने छ,’ गोविन्दका दाजु इन्द्रले भने ।
मैनालीका दाजु ईन्द्रले भाइ गोविन्द यता घर फिरेपछि कुनै कानुनकर्मी नियुक्त गरेका भरमा पनि टोकियोमा मुद्दामामिला गर्न सकिने स्थिति रहेको बताए ।
प्रायोजित अभियोगमा एउटा व्यक्तिलाई १५ वर्षसम्म जेलमा राखेपछि ‘निर्दोष’ भन्दै रिहा गरिएकाले यतिखेर संसारभरका सञ्चार माध्यम यो घटनाप्रति तानिएका छन् । अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका दिल्ली र टोकियोस्थित दुई दर्जनभन्दा बढी प्रतिनिधि काठमाडौंमा आइसकेका छन् भने गोविन्दसँगैको फ्लाइटमा नेपाल आउन दुई दर्जन विदेशी पत्रकारले थाई एयरवेजमा नाम टिपाएका छन् । अहिलेको योजनामा मंगलबारसम्म गोविन्दले ‘ट्राभल डकुमेन्ट’ पाएमा बिहीबार अपराह्नसम्ममा उनी काठमाडौं आउने छन् ।
‘डीएनए परीक्षणको नतिजा र अन्य अनुसन्धानबाट गोविन्द निर्दोष देखिएकाले न्यायालयले मुद्दा पुनरावलोकनको मौका दिएको मात्रै हो,’ दाजु इन्द्रले भने, ‘यसको अन्तिम फैसला हुन दुई वर्ष जति लाग्नेछ । त्यसपछि मात्रै क्षतिपूर्ति वा अरू कानुनी विषय उठ्नेछन् ।’
तपाईको प्रतिक्रिया