Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- राज्य पुनर्संरचनाबारे आधिकारिक धारणा बनाउन एमालेले पार्टीभित्र सुरु गरेको छलफलमा सभासद विभाजित देखिएपछि मंगलबार संयुक्त बैठक बसेको छ ।
संसदीय दल र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यबीचको बैठकले  संविधानसभा राज्य पुनर्संरचना समितिको १४ प्रदेशको खाकालाई आधार मानेर जाने कि नयाँ अवधारणा खोज्ने भन्नेमा छलफल भएको छ ।
छलफलका क्रममा जनजाति सभासदले समितिले पारित गरेको १४ प्रदेशलाई नै आधार बनाउनुपर्ने तर्क गरेका छन्। यसरी तर्क गर्नेमा पृथ्वी सुब्बा गुरुङ, मंगलसिद्धि मानन्धर, लक्की शेर्पा, दलबहादुर राना, वीरबहादुर लामालगायत छन्।
अल्पसंख्यक जनजाति सभासद सोनाम छेजुङ, ल्हारक्याल लामालगायतले भने समितिको प्रस्तावले आफ्नो समुदायलाई समेट्न नसकेको भन्दै विरोध जनाए। ‘यस्तो प्रदेशले कहाँ हुन्छरु हामीचाहिँ जनजाति होइनौंरु’ ती सभासदलाई उद्धृत गर्दै सभासद यामलाल कँडेलले भने।
तपाईको प्रतिक्रिया