Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

मन रुँदै छ

आंशु रोक्दै,

रोक्ने कोसिष गर्दैछु

यि बिभाजीत भएको देख्दा

रोकिन्न आंशु नै

मेरा ई एउटै गर्भका

मिल्थे, मिलाउथे, थमाउथे

तर अहिले

सबै जवान भयर होकी ?

मेरो ग्रह बिग्रेर होकी ?

किन हो ? मेरो

सन्तान प्रतिको स्नेह

बराबर

म त सबैलाई

शक्तिशालि देख्न चाहन्छु

आमा हुँ

सन्तानहरु सकृयता र एकताको संघियतामा जांदा

गएपनी मिलेर जाऊन

मेरो सन्तान

कोही निचा नहून

आफ्ना भाषा भाषी र संस्कृतीलाई

बराबर रुपमा बिकास गरुन

मेरो हृदय त त्यो चाहन्छ

चाहन्छ,

पल्ला गाउँको ठूलो तथा

वल्ला गाउँका कान्छा हरू पनी

त्यो मान्दीय हुन्थ्यो

तर तिनीहरू

एकता र संघीयतामा जान खोज्दा

बाटो बन्द छ भन्छन

कुरा गर्दै जाऊ

आर्थिक मन्द छ भन्छन

बिकास बाढाउनु पर्छ भन्दा

नेपाल बन्द छ भन्छन

उज्यालो को कुरा गर्दा

लोड सेडिङ छ भन्छन

यि त अरुका कुरा भए

अरुले भन्ने कुरा

मेरा सन्तान

मेरो आँशु हेर्दै, पुछ्दै

मेरो इज्जत बचाउन

आफ्ना पनि आँशु निकल्नेछन

मेरो हांसो संगै

आफ्नो हांसो निकाल्नेछन

मेरो हिनताबोधसीत

आफ्नो होस र जोस जगाउनेछन

म आशिर्बाद दिन्छु

पापीहरुको उदाहरण उपनिबेश मलाई बन्न नदेऊ

मेरा सन्तान

संसार को नेतृत्व गरे

संसार नै उज्यालो हुने गरी

बिकास को पाइला चाले

नयां बर्ष २०१२ को शुरुवात

संबृद्धिको साथ

नयां बिकासको पाथ

संघर्षको मन, मेहनती हात

आशिर्बाद तिम्रो माथ

मेरा सन्तान

तिम्रो मूटु

म त नेपाल आमा के !

तिम्रो माटो, तिम्रो भुमी, तिम्रो संप्रभूता, सार्बभौमसत्ता के !

तिम्रो आमा

तिम्रो माया को खानी के !

एकताको छाती के !

तिम्रो आमा

आंशु रोक्दै छु

हांसोमा बदल्नलाई

आऊ बस

गोधमा बस, सुन, भन र मील

अझै आंशु रोक्दै छु ।

तपाईको प्रतिक्रिया