Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

सामान्यतया जाडोमा तापमान घट्ने हुनाले धेरैजसोलाई रुघाखोकी, घाँटी खसखस हुने तथा घाँटी ठप्प हुने समस्याले गाँज्छ । चिसो तथा भाइरल इन्फेक्सनले यस्तो हुन्छ । कसैकसैलाई लामो समयसम्म खोकी लाग्छ । कतिपय अवस्थामा न्यानो गरी बसे, ताता खानेकुरा खाए रुघाखोकी आफैं निको हुन्छ । कहिलेकाहीँ भने लामो समयसम्म खोकी लागिरहन्छ । यसैगरी जाडो मौसममा मुटु, हड्डीलगायत अन्य रोगले पनि सताएको पाइन्छ । यिनै कुरालाई मध्यनजर गरी नारीले यसपटक रोगको प्रकृतिअनुसार सम्बन्धित विशेषज्ञसँग रोग लाग्ने कारण तथा समाधानका बारेमा जानकारी लिएको छः

मुटु रोगीले विशेष ध्यान पुर्‍याउनुपर्छ

जाडोको मौसममा मुटु रोगीले आफ्नो स्वास्थ्यमा ध्यान नदिए हृदयाघातको सम्भावना वृद्धि हुन्छ । यसको निश्चित कारण हुँदैन । तर पनि धेरैजसो बिरामीलाई बिहान उठ्नासाथ हृदयाघात तथा स्ट्रोक हुन्छ । मुटुको धमनी ब्लक भएर रक्तसंचार नभएपछि मुटुमा क्षति पुग्छ । त्यसैलाई हर्ट एट्याक भनिन्छ ।

गर्मीमा भन्दा जाडो मौसममा यस्तो रोग लाग्ने सम्भावना बढी हुन्छ । दसैं-तिहार लगत्तै जाडो मौसम सुरु हुन्छ । चाडपर्वको मौसममा मानिसहरू आफ्नो स्वास्थ्यलाई ध्यान नदिई मौका यही हो भनेर धेरै खान्छन् । जाडो मौसममा पनि चिसो बढी हुने भएकाले चिसोबाट जोगिन बढी धूमपान गर्छन् । यसो गर्नु गलत हो । धूमपान र मदिरापानले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।

मुटु रोगको समस्या वृद्धावस्थामा बढी हुन्छ । त्यसैले बिहान मर्निङ वाक गर्दा न्याना पहिरन लगाउनु आवश्यक हुन्छ । चिसो हावामा हिँड्नु हुँदैन । समय-समयमा कोलेस्ट्रोल, मधुमेह तथा रक्तचाप जँचाइरहनुपर्छ । छाती पोलेको वा दुखेजस्तो लागे डिस्पि्रनको दुई चक्की खाए राहत मिल्छ । यसले जीवन रक्षा गर्छ । जाडो मौसममा जति खाए पनि हुन्छ भनेर टन्न खानु हुँदैन । खाना खानासाथ सुत्नु पनि हुँदैन । त्यसैले राति सुत्नुभन्दा तीन घन्टाअघि खाना खानुपर्छ । नियमित रूपमा व्यायाम गर्नुपर्छ । लेट नाइट बस्नु हुँदैन ।

यसैगरी जाडो मौसममा दमका रोगीलाई पनि गाह्रो हुन्छ । त्यसैले चुरोट खाने मानिसको नजिक बस्नु हुँदैन । आगो पनि ताप्नु हुँदैन । कोइलामा कार्बन डाइअक्साइड ग्यास हुने भएकाले आगो नताप्नु नै वेश हुन्छ । हिटरले पनि ड्राई गरिदिने भएकाले हिटरको नजिक मन तातोपानी राख्नुपर्छ । चिसोबाट जोगिन हट ब्याग प्रयोग गर्न सकिन्छ । बन्द कोठा तथा धेरै मानिस बसेको ठाउँमा बस्नु हुँदैन । चिसोले गर्दा फोक्सोको नली खुम्चन्छ र सास लिन कठिन हुन्छ । त्यसैले घरमै स्प्रे राख्नु जरुरी छ । बेलुका हल्का खाना खानुपर्छ । चिल्लो, बोसो, मसलायुक्त एवं गुलिया खानेकुरा खानु हुँदैन ।

जाडोमा श्वासप्रश्वासको समस्या बढ्दो

चिसोका कारण जाडो महिनामा रुघाखोकीको समस्या बढ्छ । जाडो मौसम सुरु हुनासाथ यस्ता समस्या लिएर धेरै बिरामी अस्पताल आउने गरेका छन् । रुघाले गर्दा नाक बन्द हुन्छ र सास फेर्न गाह्रो हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्याअन्तर्गत दम, ब्रोङकाइटिस र निमोनिया पर्छन् । खासगरी जाडोमा श्वासनली साँघुरिँदै गएर सास फेर्न अप्ठ्यारो हुन्छ । फोक्सोका दीर्घ रोगीको रगत संचालन नली साँघुरो भएर छिट्टै इन्फेक्सन हुन्छ । भाइरल इन्फेक्सनका कारण यस्ता समस्या देखिन्छन् । दमका रोगीलाई सास फेर्न कठिन हुन्छ र बाहिरसम्म सुन्निने गरी घ्यार-घ्यार हुन्छ । जाडो मौसममा निमोनिया हुने सम्भावना पनि उत्तिकै रहन्छ । निमोनियाले बालक तथा वृद्धवृद्धालाई छिट्टै आक्रमण गर्छ । त्यसैले चिसोबाट जोगिनु आवश्यक छ ।

रुघाखोकी ६ देखि १० दिनमा निको हुन्छ तर कसैकसैलाई २१ दिन वा ६ हप्तासम्म पनि त्यसले सताउन सक्छ । त्यसैले बिहान सबेरै उठ्नासाथ चिसोको सम्पर्कमा आउनुअघि न्याना पहिरन लगाउनुपर्छ । हाम्रो शरीरको तापक्रमसँग मिल्ने गरी ठिक्कको तातो खानेकुरा खानुपर्छ र भीडभाड तथा धूलोमा हिँड्दा मास्क लगाउनुपर्छ । यति गरे रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।

मांसपेशी दुख्छ

चिसोका कारणले मांसपेशी दुख्छ । यो जुनसुकै उमेरकालाई पनि हुन्छ । बूढाबूढीलाई यो समस्याले बढी नै सताउँछ । साधारणतया चिसोमा मांसपेशी खुम्चिएर पीडा उत्पन्न हुन्छ । उमेर वृद्धिसँगै जोर्नी खिइन्छ र जोर्नी खिएर ग्याप भएको भागमा चिसोले सीधै असर गर्ने भएकाले पीडा महसुस हुन्छ । मानिसको हड्डीको औसत उमेर ८० वर्ष हुन्छ तर हाम्रो जीवनशैलीले गर्दा समय अगावै यसमा समस्या देखा पर्नसक्छ । अहिले २२ वर्षदेखि माथि जुनसुकै उमेरकालाई पनि हड्डी खिइने समस्या देखा परेको छ । त्यसैले घुँडा मोडेर बस्नुहुँदैन । प्रेसर बढी परे हड्डी खिइन सक्छ । टुक्रुक्क बस्नु पनि हुँदैन । वजन पनि नियन्त्रण गर्नुपर्छ । चिसोबाट बच्न न्याना पहिरन लगाउनुपर्छ । मोटरसाइकल चलाउँदा बाक्लो विन्डपु्रफ ज्याकेट-टोपी आदि लगाउनु आवश्यक छ । शारीरिक व्यायामबाट पनि मांसपेशीको पीडा कम गर्न सकिन्छ । व्यायाम गर्दा मांसपेशी तन्किए पीडा कम हुन्छ । व्यायाम तथा औषधिबाट पनि पीडा कम नभए ज्वाइन्ट रिप्लेसमेन्ट गर्न सकिन्छ तर सकेसम्म व्यायामबाटै पीडा निको पार्नु राम्रो हुन्छ ।

जाडोका विविध रोग

गर्मी मौसममा फूलको बास्ना तथा धूलोले स्वास्थ्यमा असर पुर्‍याउँछ भने जाडो महिनामा चिसो तापमानका कारण बिरामीको संख्या बढ्ने गरेको पाइन्छ । चिसोका कारण हातखुट्टा सुन्निनुका साथै नीला हुन्छन् । यसका लागि कुनै औषधि नभए पनि तातो र न्यानो राखे केही दिनमा आफैं निको हुन्छ । जाडो महिनामा रक्तसंचार कम हुने हुँदा पक्षघातको सम्भावना पनि उत्तिकै रहन्छ । यसैगरी कतिपय मानिसको शरीर चिसो सहन नसक्ने अर्थात् शारीरिक रूपमा कमजोर हुन्छ । यस्ता मानिसलाई जाडो महिनामा टन्सिलको सम्भावना पनि उत्तिकै रहन्छ । यसैगरी राम्रोसँग नपाकेको तथा नउमालेको पानी खाए विन्टर डायरिया पनि हुनसक्छ । त्यसैले सफासुग्घर बस्नु र स्वस्थ खाना खानु पनि उत्तिकै जरुरी छ । जाडोमा लाग्न सक्ने विविध रोगमध्ये हाइपोथर्मिया पनि एक हो । शरीरमा तापक्रम कम भई यस्तो हुन्छ । शरीरमा भएको मेकानिज्मले काम गर्न छोडे चिसोका कारण बिरामी लत्र्याकलुत्रुक हुन्छ । यस्तो अवस्थामा बिरामीको हार्टबिट, मुभमेन्ट स्लो हुन्छ । चिसो हिमाली क्षेत्रका मानिसमा यस्तो समस्या बढी देखिन्छ । साथै वृद्धा तथा बच्चामा हाइपोथर्मिया हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा बाक्ला पहिरन लगाउनु प्रभावकारी हुन्छ । यति गर्दा पनि भएन भने इलेक्टि्रक ब्ल्यांकेट भने ओढाउनुपर्ने हुन्छ । जाडो महिनामा दिउँसोको घाममा बस्नु लाभदाययक हुन्छ । डाइरेक्ट फ्रिजबाट झिकेको खानेकुरा खानु हुँदैन ।

तपाईको प्रतिक्रिया