शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– प्रमुख राजनीतिक दलका दलित भ्रातृ संगठनले बिहीबार बिहान राजधानीसहित देशभर एक घण्टा चक्काजाम गरे ।
बिहान १० बजेदेखि एक घण्टा गरेको चक्काजामले देशभरको यातायात ठप्प रह्यो । कालिकोटका दलित मनवीर सुनार हत्याको विरोधमा बन्द गरिएको हो ।
संघर्ष समितिले आह्वान गरेको एक घण्टे चक्काजामले राजधानीमा भने दिनभर यातायात अस्तव्यस्त भयो । एक प्रहरी निरीक्षकले भने– ‘राजधानी एक घण्टा बन्द हुँदा त्यसको असर साँझ ४ बजेसम्म रहन्छ ।’
ती निरीक्षकका अनुसार साँझ ४ बजेपछि फेरि सरकारी कार्यालयका सवारी चाप हुँदा असर साँझ ७ बजेसम्म पर्दछ ।
तपाईको प्रतिक्रिया