Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

यौनसँग सम्बन्धित विषयमा नेपाली समाज क्रमशः उदार बन्दै गएको छ। यौनसँग सम्बन्धित घटनाक्रम र अभिव्यक्तिहरूले पनि त्यसलाई पुष्टि गर्छन। दुई वर्षअघि मात्र खिचापोखरीमा यौन खेलौना पसल खुल्दा त्यसले नेपाली समाजमा एक प्रकारको तरङ्ग सिर्जना गरेको थियो, तर यी कृत्रिम यौन खेलौनाहरू कति छिट्टै व्यावसायिक रूपमै सफल भए भने अहिले मुलुकका विभिन्न मुख्य सहरहरूमा धमाधम यौन खेलौना पसल खुलिरहेका छन। पछिल्लो पटक बिर्तामोडमा यौन खेलौना पसल खुल्यो। पोखरा, हेटौंडा, चितवन, बुटवल, इटहरी आदि स्थानमा यसअघि नै यौनसँग सम्बन्धित सामग्रीहरूको पसल सञ्चालनमा आइसकेका छन।

यौनलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन ।

‘यौन संग्रहालय भन्नेबित्तिकै धेरैले अचम्म मानेका छन,’ यौन संग्रहालय स्थापनामा सक्रिय संकृति मन्त्रालयका पूर्वसहसचिव जलकृष्ण श्रेष्ठ भन्छन- ‘तर यो नेपालका लागि मात्र नौलो कुरा हो, छिमेकी मुलुक चीन र भारतमा समेत यौन संग्रहालय सञ्चालनमा आइसकेका छन।’

संग्रहालयको क्षेत्रमा लामो समयदेखि कार्यरत जलकृष्णले नयाँ विषयमा संग्रहालय सञ्चालन गर्ने क्रममा यौन संग्रहालयको अवधारणामा काम गर्न लागेको बताए। यौन संग्रहालय सञ्चालन गर्न जलकृष्णले एउटा गैरसकारी संस्था स्थापना गरेर यो विषयमा चासो राख्नेहरूलाई समेट्दै अघि बढ्ने आफ्नो योजना सुनाए ।

‘यौनका बारेमा अहिलेको हाम्रो समाज गोप्य रहन रुचाउने भए पनि हाम्रा धार्मिक तथा अन्य थुप्रै दर्शनमा यौनका बारेमा खुला रूपमा वर्णन गरिएको छ।’ संग्रहालय विज्ञानमा पहिलो स्नातकोत्तर नेपाली जलकृष्णका अनुसार मन्दिरहरूमा स्पष्ट रूपमा राखिएका टँुडालले यौन मानवजीवनका निम्ति कति महत्त्व राख्छ भन्ने संकेत गर्छ। टुँडाललाई छाडा भनिए पनि वास्तविकता त्यस्तो नभएको र त्यसले छुट्टै अर्थ बो केको उनले बताए। यौन संग्रहालयले त्यसलाई व्याख्या गर्नेछ।

यौन संग्रहालय सञ्चालनका लागि जलकृष्णलाई यौन विषयमा लामो समयदेखि लेख्दै आएका वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेतले सहयोग पुर्‍याइरहेका छन्। पत्रकार बस्नेतका अनुसार यौनसम्बन्धी थुप्रै भ्रम चिर्दै समाजलाई सही यौन शिक्षा दिने उद्देश्य राखेर यौन संग्रहालयका लागि काम गर्न लागिएको हो। यौन वर्जित विषय होइन, जीवन उपयोगी कुरा हो भन्ने कुरा संग्रहालयमार्फत देखाउने योजना बनाइएको बस्नेतले जानकारी दिए।

मन्दिरमा हुने यौनक्रियाकलाप सम्बन्धित टुँडाल, शिवलिंग, यौनमुद्राका ८४ आसन, वात्सायनको कामसूत्रमा उल्लेखित प्रयोगवादी यौनसाहित्य, कोकशास्त्रलगायत यौन साहित्यसम्बन्धी पूर्वीय दर्शनमा उल्लेखित विभिन्न कुरा नेपाली यौन संग्रहालयमा राखिनेछन्। यसबाहेक परम्परागत नेपाली चित्रकला तथा मूर्तिकलामा दर्साइएका यौनक्रियाकलाप तथा यौनांग पनि त्यहाँ हुनेछन्। हिन्दूधर्म र बुद्धधर्मसँग सम्बन्धित सयौं घटना यौन क्रियाकलापसँग सम्बन्धित छन्। वेदमा यौनलाई कसरी व्याख्या गरिएको छ, त्यसलाई पनि संग्रहालयमा प्रदर्शन गरिनेछ।

यौनसँग सम्बन्धित नेपाली कलाकारहरूका थुप्रै सिर्जना घरमै थन्किएर रहेका छन् भन्ने कुरा यो टिमले जानकारी पाइसकेको छ। कतिपय कलाकारसँग ती सामग्री मागिसकिएको छ, जुन उहाँहरूले दिने भनिसक्नुभएको छ, जलकृष्णले भने- ‘अरूसँग पनि होला भनेर खोजी गर्दैछौं।’

खाना, लुगा र घर भनेजस्तै त्यसमा जोडिने चौथो कुरा यौन हो भन्ने पुष्टि भैसकेको छ, जलकृष्णले भने- यौनका बारेमा सर्जकहरूका खुला विचारलाई मात्र पछ्याउँदा पनि त्यो विशाल संग्रहालय बन्न पुग्छ। पछिल्लो अवधिमा पनि कलाकारहरूले आफ्नै लागि चित्रकला तथा मूतिर् कलामार्फत नग्न कला बनाएर घरभित्रै थन्काइरहेका छन्, जुन संग्रहालयका शोभा हुनेछन्। पूर्वीय समाजका सयौं जातजाति तथा सम्प्रदायभित्र हुने यौन सम्बन्धित भिन्न-भिन्न क्रियाकलापहरूलाई समेट्दा मात्र पनि संग्रहालयले पृथक् महत्त्व राख्ने श्रेष्ठको भनाइ थियो ।

यौन संग्रहालय यौन शिक्षाका बारेमा सकारात्मक सचेतना फैलाउनेतर्फ केन्दि्रत हुनेछ, पत्रकार बस्नेतले भने- ‘यौन शिक्षाका बारेमा विभिन्न माध्यममार्फत सचेतना फैलाउने कार्यभन्दा यौन संग्रहालय अझ बढी प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ। यौन संग्रहालयमा नेपालकै विभिन्न जातजातिमा रहेको यौनसम्बन्धका आयाम पनि समेटिनेछ। त्यतिमात्र होइन, विभिन्न जनावरको यौनजीवन पनि संग्रहालयमा हेर्न पाइनेछ ।

यो टिमले यौन संग्रहालयका लागि ठमेललाई पहिलो रोजाइमा राखेको छ। पर्यटकीय गन्तव्यको पहिलो स्थान भएकाले नेपाली रहन सहन संस्क ृति एवं यौन दर्शनका सम्बन्धमा पर्यटकले पर्याप्त जानकारी पाउने जलकृष्णले बताए। ठमेलमा वैध वा अवैध ढंगले यौन गतिविधि भैरहेको अवस्थामा यौन संग्रहालयले त्यहाँको वातावरणलाई कुनै किसिमको असर गर्दैन। अझ ठमेलको शोभा बढाउनेछ। यौन संग्रहालयमा यौनांग र यौनकलाका सम्बन्धमा अवलोकन गर्न पाइए पनि त्यहाँ कसैले यौन सम्बन्ध भने राख्न पाउनेछैनन् ।

‘चीनजस्तो कम्युनिस्ट शासन व्यवस्था भएको अनुदार मुलुकमा यौन संग्रहालय देखेपछि नेपालमा पनि किन यौन संग्रहालय नबनाउने भन्ने लाग्यो,’ जलकृष्णले भने- ‘त्यसमा पनि नेपालसँग यौन दर्शनसँग सम्बन्धित हजारौं सामग्री छन्, जसलाई देखाएर हामी पर्यटक बढाउने तथा नेपाली नागरिकहरूलाई स्वस्थ यौन मनोरञ्जन एवं जानकारी दिन सक्छौं ।’

चीनको यौन संग्रहालयमा प्राचीन बादशाहहरूले आफ्ना रानीहरूको यौनसम्बन्ध आफूसँग मात्र सीमित राख्न उनीहरूको योनिमा ताल्चा लगाउने गरेको इतिहास थाहा पाएको जलकृष्णले बताए। सुन-तामाको पेन्टीजस्तो साधन योनिमा राखेर त्यसमा ताला लगाउने र आफूलाई चाहिएको समयमा खोल्ने गरेको कथा रहेछ, जुन पेन्टी अहिले त्यहाँका संग्रहालयमा छन्। छाउनीस्थित संग्रहालयमा लामो समय काम गरेका जलकृष्णका अनुसार त्यहाँका परम्परागत नग्न कलाहरू सार्वजनिक गर्न नमिल्ने भएकाले गोदाममा थन्क्याएर राखिएको छ। त्यस्तो कला पनि यहाँ सार्वजनिक गर्न मिल्ने थियो ।

चीनको यौन संग्रहालयमा खिचिएका दृश्यहरूका साथै फ्रान्सको पेरिस, नेदरल्यान्डको आम्सटर्डम, भारतको मुम्बईका यौन संग्रहालयका तस्बिरहरू पनि नेपाली यौन संग्रहालयमा राखिनेछन्। नेपालमा यौन संग्रहालय चल्ने पक्का छ, पत्रकार बस्नेतका अनुसार यौन साहित्यका सम्बन्धमा रुचि राख्ने, यौनलाई नयाँ ढंगले बुझ्ने अभ्यास भैरहेको अवस्थामा यौन संग्रहालयबाट नयाँ जानकारी लिन अवलोकनकर्ताहरू पक्कै आउनेछन्। कस्तो अवस्थामा यौन अत्यन्तै रमाइलो र कस्तो अवस्थामा त्यसले हानि गर्छ भन्ने कुराको व्यावहारिक ज्ञान संग्रहालयले दिने बस्नेतले बताए ।

पूर्वीय र पश्चिमी समाजको यौन क्रियाकलापको ज्वलन्त दृश्य

यौन र यौन क्रियाकलापसम्बन्धी बुझाइको सामाजिक जटिलताका कारण यो कुरालाई गोप्य राख्नुमै आनन्द मान्नेहरूको अवधारणामा पनि समयसँगै परिवर्तन आउन थालेको छ। पश्चिमी समाजले यौनलाई खुला विषय बनाएर यसलाई सामान्यीकरण गरेकाले पूर्वीय समाजले पनि यसलाई सहज ढंगले ग्रहण गर्न थालेको छ। यौन संग्रहालयमा पश्चिमी र पूर्वीय समाजको यौनक्रियाकलापका दृश्य तुलनात्मक अध्ययनका लागि राखिने जलकृष्ण श्रेष्ठले बताए। यौनका बारेमा हाम्रो बुझाइ कस्तो छ, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा उक्त तुलनात्मक दृश्यले प्रस्ट पार्छ। यौन संग्रहालयभित्र दुवै दर्शन र साहित्यका बारेमा सम्पूर्ण सामग्री हुनेछन्। त्यसबाहेक यौनका बारेमा विश्वविख्यात पुरुष तथा महिलाहरूको गतिविधि पनि समेटिनेछन् ।

सेक्स टोयज सप संग्रहालयमा पनि

यौन संग्रहालयमा अवलोकनकर्ताहरूले यौन खेलौना हेर्ने र किन्ने अवसर पनि पाउने सुविधा राख्न खोजिएको छ। यौन खेलौना हेर्दा आकर्षक हुने भएकाले र यसको प्रयोगका सन्दर्भमा नेपाली समाजको चासो बढ्दै गएकाले पनि यौन खेलौना पसल राख्ने योजना बनेको पत्रकार श्रीरामसिंह बस्नेतले बताए। यौन खेलौनाले संग्रहालयको आय बढाउने भएकाले पनि तथा अवलोकनकर्ताले संग्रहालय हेर्ने बहानामै आफूलाई चाहिएको यौन सामग्री लिएर जान पाऊन् भन्ने हो, उनले भने- ‘यौनका बारेमा विभिन्न कुरा जानिसकेपछि अर्थात् परामर्श पनि पाइसकेपछि अवलोकनकर्ताले आवश्यक यौन खेलौना पसलबाट खरिद गर्न सक्नेछन्।’

विदेशी यौन संग्रहालय

पहिलो पटक सन् १९७० मा सानफ्रान्सिस्कोमा यौन संग्रहालय सञ्चालनमा आएको थियो, जसले त्यसबेला तहल्का नै मच्चाएको थियो। यौन डमी, यौनसम्बन्धी गतिविधि, विभिन्न चर्चित व्यक्तिका यौन प्रसंगलाई उक्त संग्रहालयमा सामग्रीका रूपमा राखिएको थियो, जुन संग्रहालय अहिले बन्द छ। यौन संग्रहालय न्युयोर्क सिटीमा सन् २००२ मा, लसएन्जलस हलिउडमा हलिउड इरोटिक संग्रहालयको नाममा सन् २००४ मा सञ्चालनमा आए । मियामी बीचमा सन् २००५ मा द वल्र्ड इरोटिक आर्ट संग्रहालय सञ्चालनमा आयो। लसभेगासमा इरोटिक हेरिटेज संग्रहालय सन् २००८ मा स्थापना भयो । द म्युजियम अफ इरोटिसिज्म इन पेरिस सन् १९९८ देखि सञ्चालनमा छ । आम्सर्डमको रेडलाइट एरिया तथा डम्राकमा सन् १९८५ देखि यौन संग्रहालय सञ्चालनमा छन्। यस्तै बर्लिन, कोपनहेगन, बार्सिलोनामा सन् १९९६ देखि नै यस्तो संग्रहालय सञ्चालनमा छन्। सेन्ट पिटर्सबर्गमा रूसी यौन संग्रहालय छ। यस्तै इटली, लन्डन, प्राग (चेक रिपब्लिक), लिथुनिया, साङहाइ, मुम्बइ, सिओल दक्षिण कोरिया तथा जापानमा पनि यौन संग्रहालय सञ्चालनमा आएका छन् ।

तपाईको प्रतिक्रिया