Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहालको शान्ति र संविधानको राजनीतिक प्रस्तावविरुद्ध उपाध्यक्ष मोहन वैद्यले जनविद्रोहको कार्यदिशा ल्याएपछि दुई पक्षबीच अझै दूरी बढेको छ । दाहाल जनविद्रोहको कार्यदिशामा जान नसक्ने र वैद्यले दाहालको प्रस्ताव नस्वीकार्ने अडान राखेपछि दूरी बढेको हो ।

उपाध्यक्ष वैद्यले मंगलबार केन्द्रीय समिति बैठकमा आफ्नो विचार समूहको तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव ल्याएर दाहालको प्रस्तावका सबै बुँदा अस्वीकार गरेका छन् । यसबाट नेताहरूले नै पार्टी एक हुने आशा मार्दै गएका छन् । दाहालले आइतबार प्रस्तुत गरेको प्रस्तावमा ‘पार्टी मरिरहेको’ बताइरहेका बेला वैद्यले भने मंगलबार फरक प्रस्ताव राख्दै ‘नयाँ पार्टी जन्मिरहेको’ उल्लेख गरेका छन् । यसबाट उनले पार्टी फुट्ने स्पष्ट संकेत दिएका छन् ।

‘यथार्थमा पार्टीमा विद्यमान सबै प्रवृत्ति, समस्या र स्वार्थको केन्द्रविन्दु उहाँ (दाहाल) नै हुनुहुन्छ,’ वैद्यले आफ्नो दस्ताबेजमा लेखेका छन्, ‘एकातिर पार्टीमा विद्यमान अभिजात वर्ग र मजदुर वर्गका बीचको अन्तरविरोधलाई ओझेलमा पार्ने काम भएको छ भने अर्कोतिर पुरातन शक्ति मरिरहेको यथार्थलाई बंग्याएर सिंगो पार्टी मरिरहेको कुरा बताइएको छ । वास्तवमा आजको यथार्थको के हो भने पुरानो पार्टी मरिरहेको र नयाँ पार्टी जन्मिरहेको छ ।’

अन्तरसंघर्ष व्यस्थापनका लागि पार्टी निर्णय कार्यान्वयन गर्ने र फरक मत फोरम चलाएर महाधिवेशनमा जाने दाहालको प्रस्तावलाई वैद्यले ठाडै अस्वीकार मात्र गरेनन्, दाहालले आत्मालोचना गर्नुपर्ने मागसमेत गरे । ‘समस्या समाधानको केन्द्रीय उपायका रूपमा विचार र विधि दुवै दृष्टिले महाधिवेशनलाई अघि सारिएको छ । यी सबै विषयमा व्यापक छलफल नगरी, सही मूल्यांकन एवं समीक्षा तथा आत्मालोचना नगरी र गल्ती कमीकमजोरी सच्याउँदै रूपान्तरणको दिशामा नगई पार्टीमा विश्वासका वातावरण बनाउन गाह्रो हुन्छ,’ वैद्यले भनेका छन् ‘त्यसो नगरी महाधिवेशनले समस्या समाधान गर्न सक्दैन ।’

दाहालको प्रस्तावलाई वैद्यले अवसरवादी भएको आरोप लगाएका छन् । ‘समग्रमा भन्नुपर्दा प्रस्तुत राजनीतिक प्रस्ताव सारसंग्रहवादी शैलीमा आधारित तथा दक्षिणपन्थी असरवाद उन्मुख बन्न गएको छ । अन्ततः यसले पार्टीमा विद्यमान समस्या तथा संकटको समाधान गर्न सक्दैन ।’

संस्थापन पक्ष लचक भएर शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन लागिरहेकै बेला वैद्यले दुवै प्रक्रिया छाड्ने कार्यदिशा अघि सारेका छन् । ‘देश र जनताको पक्षमा शान्ति प्रक्रिया अगाडि बढ्ने र जनसंविधान बन्ने स्थिति नभए जनमुक्ति सेनाको समायोजन र संसद्वादी एवं जनविरोधी संविधान बनाउनेतिर नजाने र भिन्न परिस्थितिमा क्रान्तिलाई नयाँ ढंगले अघि बढाउने’ उनको कार्यक्रम नीति र कार्यदिशाको बुँदामा उल्लेख गरेका छन्, ‘हाम्रो मूल कार्यनीति जनताको संघीय गणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीवीकाका आधारभूत समस्याको समाधानका लागि जनविद्रोहको तयारी गर्नु हो ।’

त्यसका लागि वैद्य पक्षले सदन र सडकको मोर्चा प्रभावकारी रूपमा अघि बढाउनुपर्ने माग गरेका छन्, जब कि दाहालले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउनु जनताको चाहना भनेका छन् । ‘सरकारको नेतृत्वमा रहेका जिम्मेवार कमरेडहरूबाट पार्टीको कार्यदिशा, निर्णय, निर्देशन एवं संयन्त्रको खिल्ली उडाउँदै अराजक ढंगले पेस हुने काम भएको छ । यो स्थितिमा सरकारमा रहनुको कुनै औचित्य छैन’ वैद्यले भनेका छन्, ‘सरकारबाट पार्टी प्रतिनिधिलाई फिर्ता बोलाउने । सदनको मोर्चालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र सडकको मोर्चालाई प्राथमिकता दिने ।’

जनविद्रोहको प्रस्तावसँग वैद्यले संविधानसभाको औचित्य समाप्त भएको तर्क गरेका छन् । ‘संविधानसभामा नोकरशाह तथा दलाल पुँजीपति वर्गको प्रभुत्व बढ्दै गएको छ र त्यसमा अध्यक्ष कमरेडबाट पूरा साथ दिने काम भएको छ,’ उनको दाबी छ, ‘यो स्थिति कायम रहिरहेकामा संविधानसभाको औचित्य पनि झन्डै समाप्त हुँदै गएको छ ।’

वैद्यले मंगलबार बैठकमा आफ्नो प्रस्ताव पढेर सुनाएपछि दाहाल निराश देखिएको एक केन्द्रीय सदस्यले भने, ‘मिलाउने ठाउँ कम देखिएको हुनाले अध्यक्ष निराश भएको हुनुपर्छ ।’

वैद्यले दाहालविरुद्ध समानान्तर राजनीतिक प्रस्ताव ल्याएलगत्तै संस्थापनका पक्षका नेताहरूले मिल्ने सम्भावना कम हुँदै गइरहेको बताउन थालेका छन् । उनीहरूले ‘पूर्वाग्रही’ ढंगले प्रस्ताव ल्याएको भन्दै दूरी बढाउन यस्तो प्रस्ताव ल्याएको टिप्पणी गरेका छन् ।

दाहाल निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले वैद्यको प्रस्ताव आएपछि मिल्ने सम्भावना कम हुँदै गएको प्रतिक्रिया दिए । ‘किरण (वैद्य) जीले प्रस्ताव ल्याएपछि मिल्ने सम्भावना देखिएन,’ उनले भने, ‘किरणजीको प्रस्ताव राजनीतिक निकासका लागि नभई एउटा ट्याक्टिसका लागि ल्याइएको हो ।’ उनले वैद्यको प्रस्ताव ‘रूपमा क्रान्तिकारी र सारमा सारसंग्रहवादी’ भएको बताए । ‘एकातिर शान्ति र संविधानको कुरा छ, अर्कोतिर जनविद्रोहको कुरा छ,’ उनको भनाइ छ, ‘यसले त्यही देखाउँछ ।’

वैद्यले दाहालको प्रस्ताव पूरै अस्वीकार गरे पनि बहुमतले पारित गर्ने तयारीमा उनी छन् । केन्द्रीय समितिबाट प्रस्ताव पारित हुन नसके उनीमाथि प्रश्न उठ्ने भएकाले बहुमतबाट त्यो प्रस्ताव पारित गरिने छ । ‘अध्यक्षको प्रस्ताव बहुमतले पारित गर्नुको विकल्प छैन,’ गजुरेलले भने, ‘अहिलेको आवश्यकता शान्ति र संविधान भएकाले पारित गरी अघि बढ्नुपर्छ ।’

वैद्य निकट पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोलाले दाहालले आफ्नो प्रस्ताव खारेज गरी वैद्यको प्रस्ताव समर्थन गरेमात्र मिलनविन्दु भेटिने बताए । ‘अध्यक्षले आफ्नो प्रस्ताव खारेज गरी किरण (वैद्य) को प्रस्ताव स्वीकानुपर्छ,’ उनले भने, ‘त्यसो हुन सकेन भने कुरा मिल्दैन । अब बल अध्यक्षको कोर्टमा छ ।’

तपाईको प्रतिक्रिया