Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – बूढेसकालमा अशक्तता हुनु स्वाभाविक हो । त्यसमाथि हेरचाह गर्ने सन्तानको विदेश पलायन र हेपाईजस्ता कारणले अधिकांश वृद्धवृद्धाको जीवन कष्टकर बन्दै गएको छ । पूर्वसैनिकहरूले भने छिट्टै यस्तो नियतिबाट मुक्ति पाउने भएका छन् ।

नेपाली सेनाले पूर्वसैनिक वृद्धवृद्धाका लागि सुविधासम्पन्न ‘भेट्रान होम्स’ बनाउने भएको छ । मूलतः यो वृद्धाश्रम नै हो तापनि यही नाम राख्दा पूर्वफौजी मनोविज्ञानमा असर पर्ने ठानेर ‘भेट्रान होम्स’ नाम दिइएको हो ।

पूर्वप्रधानसेनापतिसम्मकै उच्च अधिकृत र अन्य दर्जाका अवकाशप्राप्त फौजीले असहाय र हेरचाहबिनाको जीवन बिताइरहेको फेला परेपछि प्रधानसेनापति छत्रमानसिंह गुरुङले ‘भेट्रान होम्स’ को प्रक्रिया अगाडि बढाएका छन् । त्यसका लागि वीरेन्द्र अस्पताल छाउनी आसपास भवन बनाउन सेनाले जग्गा खोजिरहेको छ ।

‘हेरचाह नपाएका अशक्त पूर्वसैनिकको जीवन कष्टकर नहोस् भनेर ‘भेट्रान होम्स’ निर्माण प्रक्रिया अघि बढाइएको छ,’ सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले भने । मासिक रूपमा पाउने पेन्सनबाट २० प्रतिशत पकेट खर्च छुट्टयाएर बच्ने रकमबाट इच्छुक पूर्वसैनिकलाई यस्ता घरमा राखिनेछ ।

सैनिक कल्याण कोषको रकमबाट निर्माण हुने भेट्रान होम्समा अशक्त पूर्वसैनिकका लागि हेरचाह गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, सामान्य उपचारलगायत व्यवस्था हुनेछ । सेनापति गुरुङकै कार्यकालमा कार्यान्वयन हुने गरी पहिलो चरणमा सय जनाले यो सुविधा उपयोग गर्ने गरी काम अघि बढाइनेछ । गुरुङको तीनवर्षे कार्यकाल अर्को वर्ष साउन अन्त्यतिर सकिनेछ ।

पूर्वउच्च अधिकृतदेखि सबै दर्जाका लागि बन्ने यी घरमा दर्जाका आधारमा नभई मापदण्ड बनाएर अत्यावश्यक वृद्धवृद्धालाई पहिलो प्राथमिकता दिइनेछ । हरेक वर्ष क्षमता बिस्तार गर्दै जाने र पेन्सन तथा आर्थिक क्षमताले नभ्याउने खालका गम्भीर बिरामीको उपचार सेनाकै कल्याण कोषबाट बेहोर्ने सेनाको योजना छ ।

सेनाले तत्काल थप उपचार चाहिन सक्ने तथ्य दृष्टिगत गरी वीरेन्द्र सैनिक अस्पताल आसपास जग्गा खोजेको हो । यसअघि नै टेन्डर खोलिए पनि उपयुक्त जग्गा नभेटिएको र महँगोसमेत भएकाले गत शनिबारमात्रै सेनाले दोस्रो पटक टेन्डर आह्वान गरेको छ ।

बलाधिकृत विभाग, कल्याणकारी योजना निर्देशनालयले छाउनीस्थित वीरेन्द्र अस्पताल आसपास ६ मिटर चौडा सडकले छुने १० देखि २० रोपनी जग्गाका लागि पुनः टेन्डर आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया