बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

हाम्रो नेपाली समाजकी कमजोर चेली

कठोर बनावटी संसारबाट बिदा भइन् मन बाँधेरै बाहिर हासी खेली

 

भोकै भोकमा पनि भो-भो टन्नै छु म भन्थिन्

रोगै-रोगमा पनि मलाई केही भा’छैन सन्चै छु म भन्थिन्

तर सँधै आफैँ भित्र-भित्र रन्थनिन्थिन्

 

घर, परिवार गाउँ समाजमा समेत कसैको मुहारमा आक्रोस देख्दा

डर र त्रास उनीलाई नै हुन्थ्यो

कमजोर मुटु लिएर पनि रोकथाम उनी गर्थिन्

बिना स्वार्थ पनि अर्काको विजय खुशियालीमा दिल खोलेर हाँस्थिन्

कसैले केही दिँदा पहिले उसको मर्का सम्झी करकापले बल्ल स्वीकार्थिन्

 

आशा, माया र भरोसामा दुःख लुकाई हाँस्दै खेल्दै जिउँदै थिइन्

केही समयपनि आयु लम्बाउनको लागि तितो औषधी पिउँदै थिइन्

 

त्यसैबीच रोगले च्याप्यो शोकले च्याप्यो उनीलाई

जहाँ जतासुकै अन्धकारमय भयो उनीलाई

 

अनि अन्धकारबाट भौँतारिँदै प्रकाश खोज्न हिँडिन्

त्यहाँ गइन्, उहाँ गइन् जहाँतहीँ गइन्

झन् झन् एक्लो भइन्

 

मनले आड पाएन मनले कहीं खाएन

सबै दुःखै दुःखमा, सबै उनीभन्दा पनि अभाव र आशान्तिमा देखिन्

कसैको लागि बोझ र कष्ट नदिने मनको कापीमा निर्णय लेखिन्

 

हेर्दा सुनौलो, हँसिलो र रमाइलो संसार

उनी जति भित्र पस्छु भन्थिन् उति बाहिरिएको भान गर्थिन्

उनी जति परिवार र समाज हेर्दै गहिराइमा फस्थिन्

उति आवरणरुपी संसारको छलकपटबाट छर्लङ्ग हुन्थिन्

त्यसैले,

बाहिरबाट सुनले पोतिएको यी सुनौलो संसारबाट टाढा हुन चाहिन्

आफ्नो र आफूका लागि मिल्ने संसार खोज्न उनी लागिन्

लागिन् खोजीमा निश्चल, निष्कपट संसारको !!

लागिन् रोजीमा बन्ने ध्रुवताराको !!

बैगुनी, बनावटी संसारबाट टाढा-टाढा भइन् सँधैको लागि साराको

तपाईको प्रतिक्रिया