Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – संसारकै सुन्दर नायक, कालो कोट र सूटमा हिड्दा उनी यती सुन्दर देखिन्थे कि जसका कारण समस्या उत्पन्न भएर उनलाई ती सूट लगाउन समेत प्रतिबन्ध लगाइएको थियो भनिन्छ, जवानीमा सुन्दरीहरु उनलाई पाउन प्रस्ताव गर्थे र उनले नमान्दा आत्महत्या गर्थे  ।

त्यस्ता महान नायक, विश्वकै एक लोकप्रिय र चर्चित कलाकार देव आनन्दको बेलायतमा निधन भएकोमा अन्तराष्ट्रिय कलाकार मञ्चले दुस्ख प्रकट गरेको छ ।
मञ्चका तर्फबाट अमेरिकामा अध्यक्ष रामप्रसाद खनालले शोक बक्तब्य जारी गर्दै देव आनन्द भारतका मात्र नभएर संसारभर लोकप्रिय रहेका एक चलचित्र नायक रहेको र उनका सयौं चलचित्र त्यसका सबुत भएको स्मरण गराउनुभएको छ ।
यस्ता महान कलाकारको निधनले कलाकारिता जगतले ठूलो क्षति बेहोर्नुपरेको बताउँदै खनालले स्व. देव आनन्दको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र संसारभरि छरिएका उनका प्रशंसकहरुमा समेत समवदना प्रकट गर्नुभएको प्रवक्ता एवं केन्द्रीय सचिव प्रकाश नेपालले बताउनुभएको छ।  ***
तपाईको प्रतिक्रिया