मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
प्रत्येक स्त्री पुरुषको मनमा जिज्ञासा हुन्छ- सम्भोग के कति अन्तरमा गर्दा उपयुक्त हुन्छ ? प्रत्येक व्यक्ति यसको सही जवाफ जान्न चाहन्छ । यस सम्बन्धमा अनेकौं यौन विशेषज्ञ, चिकित्सक, विचारक, महापुरुषहरुले आ-आफ्ना मत प्रकट गरेका छन् । तर दुर्भाग्यवश कुनै पनि दुई व्यक्तिमा मतैक्य पाइँदैन । कसैले सप्ताहमा एक पटक सम्भोग गर्ने सुझाव दिएका छन् भने अर्कोले महिनामा दुई पटकको कुरा गर्छ । यसैगरी, विभिन्न तहका व्यक्तिहरुको विभिन्न विचारहरु रहेको छ ।
जे जति अन्तरमा स्त्री-पुरुषले सम्भोगपछि अतिरिक्त शिथिलता वा कमजोरी अनुभव गर्दैनन् र रात्रीमा गरिएको सम्भोगका कारण भोलिपल्ट आफ्नो कामकाज गर्न थकान वा अस्वस्थता महसूस हुंदैन त्यही अन्तराल नै उपयुक्त हुन्छ । आफ्नो शारीरिक सामथ्र्य अनुसार सम्भोग गरेमा स्त्री पुरुषलाई तृप्ति, सन्तुुष्टि तथा हलुकापना महसूस हुनुपर्छ । थकापन, स्नायुमा गर्‍हौपना, बिहान ब्युँझेपछि अशक्त भएको अनुभव भएमा छोटो अन्तरमा गरिएको यथार्थ थाहा पाउनु पर्छ । तर, केही विशेष अवस्थाहरु यस्ता पनि आउँछन् जव प्रतिदिन अथवा एकरात्रीमा एकपटक भन्दा बढी सम्भोगको स्वीकृति पाउन सकिन्छ र यसो गर्न वाञ्छनीय पनि हुन्छ ।
विवाहका प्रारम्भिक दिनहरूमा अथवा धेरै दिनपछि सम्भोग सहभागीको मिलन भएपछि चार पाँच पटकसम्मको सम्भोगलाई अस्वाभाविक वा हानिकारक मान्नु हुदैन । यी अवस्थाहरूमा स्त्री पुुरुषलाई लामो समयसम्म संयममा बस्नु परेको हुन्छ, यसकारण शारीरिक तथा मानसिक दृष्टिले छोटो अन्तरमा नै सम्भोग गर्न उपयुक्त हुन्छ । यसका विपरीत विमारी, सुत्केरी अवस्थामा सम्भोग निषेधित नै हुन्छ । तर, सम्भोग चाहना स्त्री पुरुष दुवैमा हुनुपर्ने कुरातर्फ सचेत रहनु आवश्यक छ । यस सम्बन्धमा पुरुष सहभागीले विशेष ध्यान दिनु पर्छ किनभने सम्भोगका लागि पहल उसैले गर्नु पर्छ । यसकारण पुरुष सहभागीले जे जति अन्तरालमा सम्भोग गरिन्छ त्यसमा स्त्रीको स्वास्थ्यमा प्रतिकूल असर परे नपरेका, स्त्री साथीमा चाहना जागृत भए नभएको र उनीबाट पूरा सहयोग पाइए नपाइएको तर्फ पूर्ण विचार पुर्‍याउनु पर्दछ । धेरैजसो पुरुषले यसतर्फ ध्यान नपुर्‍याइएको देखिन्छ । पुरुषहरुमा कामवेग तीव्र हुनाले उनीहरु स्त्रीको चाहनाप्रति गर्दैनन, आफ्नो यौन तृप्ति नै उनीहरूको एक मात्र लक्ष्य हुन्छ । यस्तो प्रवृत्ति सम्भोग सहभागीको पारस्परिक आत्मीय सम्बन्धका लागि घातक सिद्ध हुन्छ । निश्चित रुपमा त्यस्ता पुरुष साथीलाई स्त्रीले स्वार्थी काम लोलुप र विवेकहीन मानी भने उसको मान्यता अनुचित हुंदैन ।
यदि स्त्रीले सम्भोगको चाहना गरेकी छैनन् भने निश्चय नै उनले कामक्रीडामा पूर्ण योगदान पुर्‍याउन सक्तिनन्, फलस्वरुप पुरुषलाई पनि सम्भोगमा स्वाभाविक आनन्द प्राप्त हुने छैन । यसकारण स्त्रीको भावना इच्छा एवं शारीरिक अवस्था बुझेर नै उनीहरूसँग सम्भोग प्रस्ताव गर्नुमा पुरुषको बुद्धिमानी हुन्छ । स्त्रीका भावनाको आदर गर्ने पुरुषले प्रतिदानमा स्त्रीको तर्फबाट सम्मान र आत्महत्या पाउँछन् । उनको सम्भोग जीवनको महल सुन्दर तथा सृदृढ हुन्छ । यसको विपरित जुनसुकै बेला स्त्रीमाथि आफ्नो सम्भोग इच्छा थोपर्ने, पुरुष स्त्रीको दृष्टिकोणमा स्वार्थी र भावनाविहीन व्यक्ति बन्न पुग्छ । मूल कुरा के हो भने सम्भोगमा यति समयको अन्तर हुनुपर्छ कि प्रत्येक सम्भोगमा नयांपन अनुभव होस् र अँगालो परस्पर स्पर्शबाट जिउमा सिरिङसिरिङ, स्वाभाविक विहृवलता उत्पन्न नभएसम्म सम्भोगक्रिया शुरु गर्न उपयुक्त हुंदैन । यो अनुभव पर्याप्त अन्तरालमा गरिएको सम्भोगबाट नै प्राप्त हुन्छ । सम्भोगको समयान्तर केही बढाउन सकेमा सम्भोगप्रति बढी आकर्षण उत्पन्न हुन्छ अर्थात् कुनै सम्भोग जोडीले दुई दिनको अन्तरमा सामान्य सम्भोग खुलेर पाउने गर्छ भने यस अन्तरलाई तीन चार दिन गरिएमा अझ आनन्दमयी हुनेछ ।
यस दिनहरु प्रत्येक स्त्रीमा कुनै नियम विशेषले आउँदैनन् । केही स्त्रीमा मासिक धर्मको केही दिन पूर्व औधी यौन तृष्णा हुन्छ तर अधिकांशमा रजस्वलाको चौथो पाँचौं दिन उत्कट सम्भोग चाहना उत्पन्न हुने गर्छ । केही स्त्रीमा यो प्रवल सम्भोग इच्छा रजस्वला चक्र दुई पटक हुने गर्छ । दक्ष प्रेमी पतिलाई उसकी प्रेमीका पत्नीलाई रजस्वलाको कुन दिनमा सम्भोग चाहना तीव्र हुन्छ भन्ने कुराको हेक्का हुनुपर्छ । यसको सही ज्ञान पुरुषलाई आफ्नो अनुभव तथा स्त्रीसँगको वार्ताद्वारा प्राप्त हुन्छ । स्त्रीको यस सम्भोग उत्कण्ठकालमा उनीलाई सम्भोग तृप्ति प्रदान गर्नु पतिको पहिलो कर्तव्य हुन्छ । यो कर्तव्य गर्न सतत् प्रयत्नशील रहने पतिप्रेमी सहजै पत्नी प्रेमिकाको मन जित्न सफल हुन्छ र उनीहरूको यौन जीवनको आनन्दमा निरन्तर बृद्धि हुन्छ ।
तपाईको प्रतिक्रिया