मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
बिन्ति छ पशुराज पशुहरुको पछाडी नलाग  है
बरु पशुहरुको पालन  पोषण सुरु गर है
किनभने पशुहरु पनि तिमि जस्तै प्राणी  हो
त्यसले त तिम्रो र पशुको काम गराई  एकै हो
तिमि त पशुको पछाडी लागि पशु समान भएछौ
बिदेशीको कुटाईले  स्वास्नी छोडी भागेछौ
पैसाको लागि साथी भाईलाई भन्दैनौ
आफ्नै हितैसीलाई मार्न पछि पर्दैनौ
कस्तो कुलंगार, बेबेकुफ  र मक्खीचुस  भएछौ
गुहुको सीक्का पनि दातलेनै   टिप्न  थालेछौ
छि धिकार छ गाउले हरुले के भनि रहेछन
तिम्रै बहादुरीको प्रशंशा गरि हासी रहेछन्
अझै हसाउ  र नचाउ ति तीम्रा गाउले  हरुलाई
जसले  तिमीलाई अबैध व्यक्ति भनि निकालेका  थिए
अझै  धन्यवाद र बधाई  देउ ति तिम्री संगिनीलाई
जसले आजसम्म पनि तीम्रा कुकृत्यमा चुप भएकीछ
तर मलाई घृणा छ पशुराज त जस्तो मक्खिचुस  संग
मलाई घृणा छ पशुराज तेरो  जस्तो पशु व्यहार संग
त्यसले बिन्ति छ पशुराज समयलाई बुज्ने कोसिस गर
पशुत्ब,मक्खिचुस र नेताजस्तो घृणित  बानी चाडै छोड
भोलि पछुतो होला यस्तो घृणित चाला
मन्त्री नै भएपनि उही रायमाझी   पारा
हुनेछस एक्लो लुटेको सम्पति लिई
बन्नेछस बेबकुफ आफन्त गुमाई
 धन्यवाद!!
(मानिस भएर पशुको ब्यबहार गर्ने व्यक्तिहरुलाई परिबर्तन हुन आहवान स्वरूप)

तपाईको प्रतिक्रिया