Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं– एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी छाड्ने तयारी गरेको भन्ने समाचारको खण्डन गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक प्रसंसा गर्दै आए पनि धोकाधाडी गरेको आरोप लगाउने उनी पार्टी छाड्ने तयारीमा रहेको संस्थापन पक्षको प्रचार छ । उनीपक्षका नेता मोहन वैद्य ‘किरण’को आड पनि दह्रो नभएको भन्दै विप्लव पार्टी त्याग्ने सोचमा पुगिसकेको संस्थापन पक्षका नेताहरु बताउँछन् ।

विप्लवकै योजनामा भएको धोविघाट गठबन्धनबाट उपाध्यक्ष डा. बाबुराम भट्टराई ‘लालध्वज’ प्रधानमन्त्री भएपछि आफूलाई लात दिएको निष्कर्षमा पुगेका उनले आगामी राजनीतिक यात्राबारे भने केही बताएका छैनन् ।

यसैबीच विप्लवले भने पार्टी त्याग्ने भनाईलाई भने फरक तरिकाले विश्लेषण गरेका छन् । एभिन्यूज टेलिभिजनको कार्यक्रम संवादलाई दिएको अन्र्तवार्तामा उनले भने, ‘पार्टीले दमन गरिरहन्छ भने यसको विकल्प के त ?’

तर माओवादीबाट अलग भइहाल्ने विषयमा भने अहिल्यै नसोचेको उनले बताए । ‘यदि पार्टीभित्रैबाट यस्तो हल्ला चलाएको हो भने पराजित मानसिकताको उपज हो,’ उनले भने, ‘बाहिरबाट हो भने फुटाउने षड्यन्त्र हो ।’

तपाईको प्रतिक्रिया