शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सउल– अन्नपूर्ण हिमाल आरोहणमा हराएका दक्षिण कोरियाका पर्वतारोही पार्क यङ सकको राजधानी सउलमा अन्तिम संस्कार गरिएको छ । हिमालमा पुरिएर मृत्यु भएको आशंकामा उनको अन्तिम संस्कार गरिएको हो ।
उनीसँगै सिन् दोङ मिन र खाङ गी सक् नामका पर्वतारोही पनि पुरिएका थिए । अहिलेसम्म खोजी गर्दा पनि शव नभेटिएपछि अन्तिम संस्कार गरिएको हो ।
दक्षिण कोरियाको राजधानी सउलको सउल युनिभर्सिटी हस्पिटलको दाहसंस्कार भवनमा करीब ५०० जना पर्वतारोहीहरुको उपस्थितीमा मृतकहरुको फोटो राखि विधिवत दाहसंस्कार गरिएको थियो ।
उनको टोलीले पछिल्लो पटक अन्नपूर्ण हिमाल चढ्दा बिफल भएपछि यस पटक उनले जसरी नि चढेरै छाड्ने प्रण गरी नेपाल पुगेका थिए ।

तपाईको प्रतिक्रिया