Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- बौद्धधर्म संरक्षण सरोकार समन्वय समिति, नेपालले मन्त्रीपरिषद्को निर्णयद्वारा लुम्बिनी विकासका लागि गठित राष्ट्रिय निर्देशक समितिको अध्यक्षमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएकोमा आपत्ती जनाउँदै तत्काल हटाउन माग गरेको छ ।
बौद्ध समुदायको आस्था र विश्वासको केन्द्र, बौद्ध धर्मसँग जोडिएको इतिहास, सभ्यता र त्यसको विकास निर्माणमा बौद्धधर्मका सरोकारपक्षसँग राष्ट्रिय अन्तर्राष्ट्रिय, सरकारी वा गैर सरकारी कुनै पक्षसँग सहमति र सहभागिताको विषयमा चासो नदिई राजनीतिक क्षेत्रबाट सिफारिस गरिएका प्रचण्डलाई लुम्बिनी विकासका लागि राष्ट्रिय निर्देशक समितिको अध्यक्ष पदबाट हटाउन समितिले माग गरेको हो ।
उनीहरुले लुम्बिनीको विकासका लागि बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपाल नामक संस्था गठन गरी सकिएको जानकारी दिदै लुम्बिनी क्षेत्रको विकास निर्माणका कार्य गर्दा सम्बन्धित सरोकारवालालाई जानकारी नदिइ गरिने विकास निर्माणको सम्पूर्ण कामलाई अवरोध गर्ने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा उनीहरुले माओवादी अध्यक्ष प्रचण्डलाई लुम्बिनी विकास राष्टिय निर्देशक समितिको अध्यक्ष पदबाट अविलम्ब हटाउनका लागि  प्रधानमन्त्री र युएनलाई ज्ञापन पत्र बुझाईने र प्रचण्ड अमेरिका जाँदा एयरपोर्टमा कालो झण्डा देखाई विरोध गर्ने लगायतका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका थिए ।
तपाईको प्रतिक्रिया