Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौ – एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच सोमबार शान्ति प्रक्रियाबारे छलफल भएको छ । प्रचण्ड निवास नयाँ बजारमा भएको छलफलमा विवादित विषयमा सहमतिका लागि लचकता अपनाउन दुबै दल सहमत भएका छन् ।

छलफलपछि नेताहरुले विश्वासको वातावरण बनाउन छलफल सकारात्मक रहेको बताएका छन् । सुरक्षा निकायमा समायोजन गरिने लडाकूहरुको संख्या, मापदण्ड, पुनःस्थापना प्याकेज लगायतका विषयमा दलहरुबीच सहमति हुन नसक्दा शान्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरुको सहभागिता हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया